नेपाल हेल्थ न्युज, काठमाडौं । विश्वभरि बढ्दै गएका नसर्ने रोग र मानसिक स्वास्थ्य समस्यालाई नियन्त्रण गर्न संयुक्त राष्ट्रसंघले पहिलो पटक विश्वव्यापी राजनीतिक प्रतिबद्धता जनाएको छ। यो प्रतिबद्धता संयुक्त राष्ट्रसंघको १७औँ महासभामा, सेप्टेम्बर २५ मा सम्पन्न चौथो उच्चस्तरीय बैठकको उपलब्धिका रूपमा लिइएको हो।
यस पहलले कोभिड–१९ पछि देखिएका र भविष्यमा आउन सक्ने स्वास्थ्य चुनौतीहरूलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ। मुख, फोक्सो, कलेजो, मिर्गौला तथा बालबालिकामा देखिने क्यान्सरसहितका नसर्ने रोग, मानसिक स्वास्थ्य समस्या, वातावरणीय प्रदूषण, हानिकारक रसायन र अस्वस्थ खानाको नियन्त्रणमा जोड दिइएको छ।
साथै सामाजिक सञ्जालको अत्यधिक प्रयोग, ई–सिगरेट, ट्रान्सफ्याट र बालबालिकालाई लक्षित अस्वस्थकर खाद्य विज्ञापन नियन्त्रण गर्ने प्रतिबद्धता पनि गरिएको छ।
सन् २०३० सम्म सदस्य राष्ट्रहरूले नीति, ऐन, बजेट र स्वास्थ्य सेवाको विस्तार गर्ने लक्ष्य लिइएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार यो दीगो विकास लक्ष्य हासिल गर्ने महत्वपूर्ण अवसर हो। हाल विश्वमा नसर्ने रोगका कारण हरेक वर्ष करोडौँ मानिसको अकाल मृत्यु भइरहेको छ भने मानसिक स्वास्थ्य समस्याले अर्बौँ मानिसलाई असर गरिरहेको छ।
तौल घटाउने औषधिमा भारतको चेतावनी
मंगलबार, चैत १०, २०८२
रास्वपा मन्त्री चयनको अन्तिम तयारीमाः स्वास्थ्यमन्त्रीमा कस्को नाम अघि ?
मंगलबार, चैत १०, २०८२
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रष्टाचार मुद्दामा सुनुवाइको पेसी तोकियो
मंगलबार, चैत १०, २०८२
ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा
मंगलबार, चैत १०, २०८२
