नेभिगेशन

न्याम्सले फेलोशिप कार्यक्रममा चिकित्सकलाई निर्वाह भत्ता दिने

नेपाल हेल्थ न्युज, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत आवद्ध अस्पतालमा विभिन्न विषयको (फेलोसिप) कार्यक्रममा भर्ना हुने चिकित्सकहरुलाई ‘स्टाइपेन्ड’ उपलब्ध गराइने भएको छ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपतिज्यूको अध्यक्षतामा आयोजित बैठकमा, आवद्ध आंगिक अस्पतालका सरोकारवालाहरुको उपस्थितिमा, चिकित्सा शिक्षा आयोगको गाइडलाइन अनुसार मास्टर लेभल सरहको निर्वाह भत्ता ‘स्टाइपेन्ड’ उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिइएको छ।

उक्त निर्णय अनुसार, फेलोसिप कार्यक्रममा भर्ना हुने चिकित्सकहरुले अध्ययनका क्रममा आवश्यक आर्थिक सहयोग पाउनेछन्, जसले उनीहरुको पेशागत दक्षता र स्वास्थ्य सेवा गुणस्तर वृद्धि गर्न योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

notice-nams-1766052453.jpg
 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट