नेपाल हेल्थ न्युज, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत आवद्ध अस्पतालमा विभिन्न विषयको (फेलोसिप) कार्यक्रममा भर्ना हुने चिकित्सकहरुलाई ‘स्टाइपेन्ड’ उपलब्ध गराइने भएको छ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपतिज्यूको अध्यक्षतामा आयोजित बैठकमा, आवद्ध आंगिक अस्पतालका सरोकारवालाहरुको उपस्थितिमा, चिकित्सा शिक्षा आयोगको गाइडलाइन अनुसार मास्टर लेभल सरहको निर्वाह भत्ता ‘स्टाइपेन्ड’ उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिइएको छ।
उक्त निर्णय अनुसार, फेलोसिप कार्यक्रममा भर्ना हुने चिकित्सकहरुले अध्ययनका क्रममा आवश्यक आर्थिक सहयोग पाउनेछन्, जसले उनीहरुको पेशागत दक्षता र स्वास्थ्य सेवा गुणस्तर वृद्धि गर्न योगदान पुर्याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
बिदा स्वीकृत नगरी लामो समय अनुपस्थित दुई स्टाफ नर्समाथि कारबाहीको तयारी
बिहीबार, असोज १, २०८३
औषधी व्यवस्था विभागका तीन वरिष्ठ व्यवस्थापकको सरुवा, को कहाँ सरुवा भयो?
बुधबार, भदौ ३१, २०८३
हिमभासको दोस्रो संस्करण चैत ३ देखि ७ गतेसम्म काठमाडौंमा हुने
बुधबार, भदौ ३१, २०८३
बिनाशल्यक्रिया मुटुको भल्भको उपचार नेपालमै सम्भव बनाउँछौँ : डा. स्मृति शाक्य
बुधबार, भदौ ३१, २०८३
