नेपाल हेल्थ न्युज, काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले परम्परागत उपचार प्रणालीलाई राज्यले प्राथमिकताका साथ अघि बढाइरहेको बताउनुभएको छ।
विश्व ध्यान दिवसका अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गौतमले परम्परागत चिकित्सा पद्धतिलाई लिएर कुनै मन्त्रालयले नेतृत्व नलिएको भन्ने धारणा रहे पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निरन्तर यस क्षेत्रको नेतृत्व गर्दै आएको स्पष्ट पार्नुभयो।
उहाँले आयुर्वेद तथा अन्य परम्परागत उपचार पद्धतिका लागि आवश्यक बजेटको व्यवस्था गरिएको उल्लेख गर्दै राष्ट्रिय नीति, स्वास्थ्य मन्त्रालयको स्वास्थ्य नीति तथा पञ्चवर्षीय रणनीति र कार्ययोजनामा समेत आयुर्वेदसम्बन्धी कार्यक्रम समावेश गरिएको जानकारी दिनुभयो।
मन्त्री गौतमका अनुसार आयुर्वेद, योग, ध्यान, धामी–झाँक्रीजस्ता अभ्यासहरू परम्परागत चिकित्सा प्रणालीअन्तर्गत पर्दछन्। यस्ता उपचार विधिलाई सरकारले महत्वपूर्ण कार्यक्रमका रूपमा अघि बढाइरहेको उहाँको भनाइ छ।
निःशुल्क उपचारका लागि कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने? विवरण सार्वजनिक (सूचीसहित)
सोमबार, साउन १८, २०८३
अनसनरत नर्स र मन्त्रालयका प्रतिनिधिबिच वार्ता सुरु
सोमबार, साउन १८, २०८३
नर्सहरूको १५ बुँदे मागसहित वीर अस्पतालमा प्रदर्शन
सोमबार, साउन १८, २०८३
