नेपाल हेल्थ न्युज, काठमाडौं। आज नेपालसहित विश्वभर ‘विश्व ध्यान दिवस’ विविध कार्यक्रमसहित मनाइँदै छ। संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ लाई आधिकारिक रूपमा विश्व ध्यान दिवस घोषणा गरेपछि यो दिवस मनाउन थालिएको हो।
संयुक्त राष्ट्रसङ्घको महासभाले योग र ध्यानलाई मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यका लागि उपयोगी पूरक अभ्यासका रूपमा स्वीकार गरेको छ। यही मान्यताका आधारमा ध्यानको महत्व विश्वस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले यो दिवस मनाउन सुरु गरिएको हो।
गत वर्ष डिसेम्बर ७ मा संयुक्त राष्ट्रसङ्घको महासभाले नेपालसहित १८ राष्ट्रको संयुक्त प्रस्ताव पारित गर्दै डिसेम्बर २१ लाई विश्व ध्यान दिवसका रूपमा मान्यता दिएको थियो। त्यसपछि पहिलोपटक गत वर्ष काठमाडौंको टुँडिखेलमा सरकारीस्तरबाट ध्यान दिवस आयोजना गरिएको थियो।
यस वर्ष पनि नेपाल सरकारले विभिन्न कार्यक्रमसहित ध्यान दिवस मनाइरहेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा आज बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गरिएको छ। साथै, दक्षिणकाली नगरपालिका–१ बोसनस्थित ब्रह्मानन्द सरस्वती ग्राममा ध्यानसम्बन्धी अन्तरक्रिया र सामूहिक ध्यान कार्यक्रम आयोजना गरिएको छ।
ध्यान र साधनाको लामो परम्परा रहेको नेपाललाई अन्तर्राष्ट्रिय रूपम ‘ध्यानको केन्द्र’ का रूपमा विकास गर्नुपर्ने धारणा यस क्षेत्रमा सक्रिय व्यक्तिहरूले व्यक्त गर्दै आएका छन्। सन् २०१४ देखि निरन्तर प्रयासपछि संयुक्त राष्ट्रसङ्घबाट ध्यान दिवसको मान्यता प्राप्त हुनु नेपालका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ।
यस अवसरमा विभिन्न संघसंस्था तथा सरोकारवाला निकायहरूले पनि देशका विभिन्न स्थानमा ध्यान, योग र सचेतनासम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेका छन्।
निःशुल्क उपचारका लागि कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने? विवरण सार्वजनिक (सूचीसहित)
सोमबार, साउन १८, २०८३
अनसनरत नर्स र मन्त्रालयका प्रतिनिधिबिच वार्ता सुरु
सोमबार, साउन १८, २०८३
नर्सहरूको १५ बुँदे मागसहित वीर अस्पतालमा प्रदर्शन
सोमबार, साउन १८, २०८३
