नेपाल हेल्थ न्युज, काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणसँग सम्बन्धित हालै लागू गरिएको नयाँ मापदण्ड सरकारले फिर्ता लिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले मन्त्रीस्तरीय निर्णय गर्दै पुरानै दरमा स्वास्थ्य परीक्षण गराउने व्यवस्था लागू गर्न निर्देशन दिएका हुन् ।
यस निर्णयसँगै अब वैदेशिक रोजगारीमा जाने श्रमिकले ६ हजार ५ सय रुपैयाँमै मेडिकल परीक्षण गराउन सक्ने भएका छन् । यसअघि श्रम मन्त्रालयले गत ३० कात्तिकमा स्वास्थ्य परीक्षणको दायरा बढाउँदै ३४ प्रकारका जाँच अनिवार्य गरेको थियो, जसका कारण शुल्क बढेर ९ हजार ५ सय रुपैयाँ पुगेको थियो ।
शुल्क वृद्धि श्रमिकमैत्री नभएको भन्दै श्रमिक, व्यवसायी र सरोकारवाला पक्षबाट निरन्तर गुनासो आएपछि सरकार निर्णय पुनरावलोकनमा गएको बताइएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनपछि नयाँ मापदण्ड खारेज गरिएको मन्त्री भण्डारीले जानकारी दिनुभयो । सरकारको पछिल्लो निर्णयले वैदेशिक रोजगारीमा जान चाहने श्रमिकलाई आर्थिक भार कम हुने अपेक्षा गरिएको छ ।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
