नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल चिकित्सक संघको निर्वाचन २०८२ का लागि प्रकाशित उम्मेदवारको प्रथम नामावलीमाथि परेका दावी विरोध तथा उजुरीबारे निर्णय गर्दै निर्वाचन समितिले केही उम्मेदवारी खारेज गरेको छ।
निर्वाचन तालिका अनुसार मिति २०८२ पौस ३ गते प्रकाशित प्रथम नामावलीविरुद्ध परेको उजुरीमाथि छानबिन गर्दै समितिले मिति २०८२ पौस ४ मा निर्णय सार्वजनिक गरेको हो।
निर्वाचन समितिका अनुसार डा. शेषराज घिमिरेले वरिष्ठ उपाध्यक्ष, विभिन्न प्रदेशका उपाध्यक्ष तथा केन्द्रीय सदस्य पदका उम्मेदवारहरूको तर्फबाट वारेस भएको दाबी गरे पनि आवश्यक वारेसनामा र अन्य अनिवार्य कागजात पेश नगरेको पाइयो। नियमावलीअनुसार आवश्यक कागजात नबुझाएकाले ती उम्मेदवारहरूको मनोनयन दर्ता नगर्ने निर्णय गरिएको समितिले जनाएको छ।
यस्तै, बागमती प्रदेशबाट उपाध्यक्ष पदका उम्मेदवार डा. अरुण शाहीको मनोनयन पनि खारेज गरिएको छ। डा. शाही मुलुक बाहिर रहेको अवस्थामा उनका वारेस डा. विपिन पौडेलमार्फत पेश गरिएको वारेसनामा नोटरी पब्लिक ऐन, २०६३ विपरीत प्रमाणित भएको पाइएको समितिको निष्कर्ष छ।
नोटरी पब्लिक समक्ष उम्मेदवार स्वयं उपस्थित नभई वारेसनामा प्रमाणित गरिएको स्वीकारोक्तिसमेत आएपछि प्रचलित कानून तथा निर्वाचन नियमावली विपरीत भएकाले मनोनयन खारेज गरिएको निर्वाचन समितिले स्पष्ट पारेको छ।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
