नेपाल हेल्थ न्युज, काठमाडौं । चालु वर्षमा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणका कारण ३५ जनाको ज्यान गएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार यस वर्ष १७९ जनामा उक्त रोग पुष्टि भएको हो।
महाशाखाका अनुसार कुल १ हजार ७३९ जना शङ्कास्पद बिरामीको परीक्षण गरिएको थियो। एक पटक जापानिज इन्सेफ्लाइटिस भएमा सामान्यतया दोहोरिँदैन, तर शङ्कास्पद व्यक्तिमा पुनः सङ्क्रमण देखिन सक्ने बताइएको छ।
गत वर्ष सन् २०२४ मा जापानिज इन्सेफ्लाइटिसबाट २५ जनाको मृत्यु भएको थियो भने ८६ जनामा सङ्क्रमण देखिएको थियो। पछिल्ला वर्षहरूमा यस रोगबाट मृत्यु हुनेको सङ्ख्या क्रमशः बढ्दो क्रममा रहेको स्वास्थ्य अधिकारीहरू बताउँछन्। सन् २०१४ मा चार, सन् २०१७ मा एक र सन् २०२३ मा सात जनाको मृत्यु भएको तथ्याङ्क छ।
यस वर्ष तीन वर्षदेखि ८९ वर्षसम्मका उमेर समूहमा जापानिज इन्सेफ्लाइटिस देखिएको छ। हाल २८ जिल्ला उच्च जोखिममा रहेका छन्। मृत्यु हुनेमध्ये अधिकांश ४० वर्षभन्दा माथिका व्यक्ति रहेका छन्। ज्यान गुमाएकामध्ये करिब ९ प्रतिशतले खोप लगाएको पाइएको छ भने बाँकीले खोप नलगाएको पाइएको छ।
चिसो मौसम बढ्दै गएसँगै अब संक्रमणको जोखिम क्रमशः घट्ने अपेक्षा गरिएको छ। यो रोग विशेषगरी साउनदेखि कात्तिकसम्म बढी देखिने गर्दछ। नेपालमा हाल ८२ प्रतिशत बालबालिकाले जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप प्राप्त गरिसकेका छन्।
जापानिज इन्सेफ्लाइटिस ‘क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट सर्ने गम्भीर रोग हो। यो लामखुट्टे विशेषगरी साँझ र बिहानको समयमा बढी सक्रिय हुन्छ। धानखेती, दलदल तथा पानी जम्ने स्थानहरू लामखुट्टेको प्रजनन स्थल बन्ने भएकाले यस्ता क्षेत्रमा जोखिम बढी हुने गर्दछ। नेपालमा पहिलो पटक सन् १९७८ मा रुपन्देही जिल्लामा यो रोग पुष्टि भएको थियो।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
