नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य मन्त्रालयले मंसिर २५ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङको उपकुलपति नियुक्ति गरेको सूचनालाई उच्च अदालत तुलसीपुरले स्थगित गर्ने अन्तरिम आदेशको निरन्तरता दिएको छ।
उच्च अदालतका न्यायाधीश दुर्गाबहादुर विश्वकर्मा र यज्ञबहादुर राना मगरको संयुक्त इजलासले यस अन्तरिम आदेशलाई कायम राखेको हो।
प्रतिष्ठानका निःसर्त अस्पताल निर्देशक जनार्दन पन्थिले दायर गरेको रिटमा आज दुवै पक्षको बहस सकिएपछि अदालतले आदेश कायम राखेको अदालतका सूचना अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो।
यसअघि यो अन्तरिम आदेश उच्च अदालतका मुख्य न्यायाधीश राजेश्वर तिवारीको एकल इजलासले अल्पकालीन रूपमा जारी गरेको थियो। अदालतको निरन्तर आदेशपछि हाल उपकुलपति नियुक्ति प्रक्रिया रोकिएको छ।
प्रकाशित मिति: मंगलबार, पुस ८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
