नेपाल हेल्थ न्युज, धरान। धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अब सबै प्रकारका प्रयोगशाला परीक्षण सेवा दिन–रात सञ्चालन गर्ने व्यवस्था सुरु गरेको छ।
प्रतिष्ठानकी प्रवक्ता प्रा. डा. अञ्जु प्रधानका अनुसार आधुनिक स्वचालित, अर्ध–स्वचालित तथा किट प्रविधिबाट गरिने प्रयोगशाला परीक्षणका नतिजा आपतकालीन र इमर्जेन्सी हेल्थ सर्भिस (इएचएस) का बिरामीलाई नमुना बुझाएको दुई घण्टाभित्र उपलब्ध गराइनेछ। (ओपिडी तथा आइपिडी) सेवाका बिरामीका लागि तीन घण्टाभित्र उक्त सेवा उपलब्ध गराइनेछ ।
यसका लागि प्रतिष्ठानले यसअघि छुट्टाछुट्टै सञ्चालन हुँदै आएका आपतकालीन र नियमित प्रयोगशालालाई एकीकृत गर्दै यही पुस ५ गतेदेखि ‘केन्द्रीय प्रयोगशाला’ सञ्चालनमा ल्याएको जनाएको छ।
पहिले आपतकालीन प्रयोगशालाबाट सीमित परीक्षण मात्र सम्भव रहेकामा अब सबै परीक्षण एउटै स्थानबाट हुने भएकाले नमुना पठाउने दोहोरो झन्झट हट्ने विश्वास गरिएको छ। यसले वार्ड राउन्डका क्रममा चिकित्सकलाई बिरामीको परीक्षण प्रतिवेदन समयमै प्राप्त हुन सहयोग पुग्ने प्रवक्ता प्रधानले बताउनुभयो।
प्रतिष्ठानका अनुसार प्रयोगशाला नमुना सङ्कलन आपतकालीन, आइपिडी तथा इएचएस (ओपिडी तथा आइपिडी) सेवाका बिरामीका लागि चौबिसै घण्टा उपलब्ध हुने प्रतिष्ठानले जनाएको छ ।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
