नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक स्वास्थ्य सेवामा परिचालित एम्बुलेन्स सेवाको प्रभावकारी, व्यवस्थित र सेवाग्राहीमैत्री सञ्चालन सुनिश्चित गर्न ‘एम्बुलेन्स सेवा निर्देशिका, २०८२’ जारी गरेको छ।
एम्बुलेन्स सेवा निर्देशिकाअनुसार सबै एम्बुलेन्स सेवाहरू प्रेषण केन्द्रसँग आवद्ध भई सञ्चालन गर्नुपर्ने व्यवस्था छ। तर हाल केही एम्बुलेन्सहरूले बिरामी वा घाइतेको इच्छा वा प्रेषण केन्द्रको निर्देशन बिनै निजी तथा महँगा अस्पतालमा लैजाने, आर्थिक प्रलोभनमा परि बिरामीको स्थान परिवर्तन गर्ने गुनासो प्राप्त भएका छन्।
जनस्वास्थ्य प्रशासक बन्दना भट्ट का अनुसार, ‘अप्ठ्यारो अवस्थामा परेका बिरामी वा घाइतेलाई सहयोग गर्नुको साटो उनीहरूबाट अवाञ्छित आर्थिक लाभ लिनु अत्यन्तै दुःखद कार्य हो।’ उहाँका भन्नुहुन्छ, सबै एम्बुलेन्स चालकहरूलाई प्रेषण गरिएको वा बिरामीले चाहेको स्वास्थ्य संस्थामै अनिवार्य रूपमा लैजान निर्देशन दिइएको छ।
यदि कसैले निर्देशिकाका प्रावधानहरू पालना नगरी आर्थिक लाभ वा अन्य मापदण्ड विपरित कार्य गरेमा, मन्त्रालयले कानुन अनुसार कारबाही गरिने चेतावनी दिएको छ।

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
