नेपाल हेल्थ न्युज, बुटवल । चिसो बढेसँगै बुटवलका विद्यालयहरू तीन दिन सम्म बन्द रहने भएका छन् । बुटवल उपमहानगरपालिकाले बुधबार एक सूचना जारी गर्दै पुस ११, १३ र १४ गते उपमहानगरभित्रका सामुदायिक र संस्थागत विद्यालयहरु बन्द हुने जनाएको हो ।
१२ गते शनिबार सार्वजनिक बिदा नै परेकाले लगातार चार दिन विद्यालयहरु बन्द हुने भएका हुन् ।
‘केही दिनदेखि बाक्लो हुस्सु र शीतलहरसँगै अत्यधिक चिसो बढेकाले विद्यार्थीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै तीन दिन विद्यालय बन्द गरिएको व्यहोरा सम्बन्धित सबैका लागि अनुरोध छ,’ उपमहानगर प्रमुख खेलराज पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । साथै उक्त बिदा वार्षिक बिदाबाट कट्टा हुने व्यवस्था मिलाइने विज्ञप्तिमा जनाइएको छ ।
प्रकाशित मिति: बुधबार, पुस ९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
