नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको नेतृत्व चयनका लागि आजदेखि दोस्रो चरणको निर्वाचन सुरु भएको छ। यस चरणमा एक जना उपाध्यक्ष र आठ जना सदस्य पदका लागि मतदान भइरहेको हो।
यसअघि उपत्यका बाहिर रहेका १८ वटा मतदान केन्द्रमा ४ देखि ६ पुससम्म मतदान सम्पन्न भइसकेको छ। सोही प्रक्रियालाई निरन्तरता दिँदै आज काठमाडौं, ललितपुर र काभ्रेको धुलिखेल गरी तीन स्थानमा मतदान सञ्चालन गरिएको हो।
निर्वाचन समितिका अनुसार काठमाडौंमा राष्ट्रिय सभा गृह, ललितपुरमा जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण केन्द्र र काभ्रेको धुलिखेलमा काठमाडौं विश्वविद्यालय इन्टरनेशनल सेन्टरलाई मतदान केन्द्र तोकिएको छ।
काठमाडौं र ललितपुरका केन्द्रमा आज र भोलि बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ भने धुलिखेल केन्द्रमा भने आज मात्र सोही समयावधिमा मतदान हुने तालिका रहेको छ।
काउन्सिलका अनुसार उपत्यका बाहिर सम्पन्न पहिलो चरणको मतदानमा जम्मा ६ हजार ८४६ मत खसेको थियो। सबै २१ वटा मतदान केन्द्रमा मतदान प्रक्रिया पूरा भएपछि मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
