नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको नेतृत्व चयनका लागि आजदेखि दोस्रो चरणको निर्वाचन सुरु भएको छ। यस चरणमा एक जना उपाध्यक्ष र आठ जना सदस्य पदका लागि मतदान भइरहेको हो।
यसअघि उपत्यका बाहिर रहेका १८ वटा मतदान केन्द्रमा ४ देखि ६ पुससम्म मतदान सम्पन्न भइसकेको छ। सोही प्रक्रियालाई निरन्तरता दिँदै आज काठमाडौं, ललितपुर र काभ्रेको धुलिखेल गरी तीन स्थानमा मतदान सञ्चालन गरिएको हो।
निर्वाचन समितिका अनुसार काठमाडौंमा राष्ट्रिय सभा गृह, ललितपुरमा जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण केन्द्र र काभ्रेको धुलिखेलमा काठमाडौं विश्वविद्यालय इन्टरनेशनल सेन्टरलाई मतदान केन्द्र तोकिएको छ।
काठमाडौं र ललितपुरका केन्द्रमा आज र भोलि बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ भने धुलिखेल केन्द्रमा भने आज मात्र सोही समयावधिमा मतदान हुने तालिका रहेको छ।
काउन्सिलका अनुसार उपत्यका बाहिर सम्पन्न पहिलो चरणको मतदानमा जम्मा ६ हजार ८४६ मत खसेको थियो। सबै २१ वटा मतदान केन्द्रमा मतदान प्रक्रिया पूरा भएपछि मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ।
बाँकेमा हात्तीपाइले विरुद्धको १० दिने औषधि सेवन अभियान सुरु
शुक्रबार, माघ ९, २०८२
स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल
शुक्रबार, माघ ९, २०८२
सानोठिमी बाल सुधार गृहमा झडप, १३ घाइते
शुक्रबार, माघ ९, २०८२

