नेपाल हेल्थ न्युज, काठमाडौं। नेपाल बाल शल्य चिकित्सक समाजको आठौँ वार्षिक साधारणसभाले डा. विजय थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। साधारणसभाबाट १० सदस्यीय पदाधिकारी तथा कार्यसमिति गठन गरिएको हो।
नयाँ कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारी डा. नृपेश राजभण्डारीलाई दिइएको छ भने महासचिवमा डा. दिनेश कोइराला चयन हुनुभएको छ। सचिवमा डा. जस्मिन बज्राचार्य, कोषाध्यक्षमा डा. बालमुकुन्द बस्नेत र सह–कोषाध्यक्षमा डा. शिरिष सिलवाल रहेनुभाएको छ।
यसैगरी, कार्यसमिति सदस्यका रूपमा डा. हीरामणि पाठक, डा. निशान्त सिंह, डा. अनु महर्जन र डा. सुलोचना दाहाल चयन हुनुभएको छ।
सन् २०१५ मा स्थापना भएको नेपाल बाल शल्य चिकित्सक समाजमा हाल देशभरका विभिन्न विधामा कार्यरत ३५ जना बाल शल्य चिकित्सक आबद्ध रहेका छन्।
नवनिर्वाचित अध्यक्ष डा. थापाले नेपालमा बाल शल्य चिकित्सकको संख्या अत्यन्तै सीमित रहेको र उपलब्ध जनशक्तिले समेत पर्याप्त रोजगारी नपाएको अवस्था रहेको बताउनुभयो। उहाँका अनुसार विशेषज्ञको अभावका कारण बाल शल्यक्रियाको सेवा अपेक्षाअनुसार विस्तार हुन सकेको छैन। उहाँले सरकारले बाल शल्य चिकित्सक उत्पादनलाई प्राथमिकतामा राखी सबै प्रदेशमा यस्तो सेवा विस्तार गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
