नेपाल हेल्थ न्युज, सिरहा । बरियारपट्टी–२ श्रीपुरका दलित समुदायका सत्यनारायण साफीले कठिन जीवन संघर्षबीच एमबीबीएस छात्रवृत्ति हात पारेर उदाहरणीय सफलता हासिल गरेका छन्।
आर्थिक अभावका कारण मजदुरी गर्दै पढाइ अगाडि बढाएका सत्यनारायणले चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका हुन्।
गाउँकै सरकारी विद्यालयबाट एसईई पूरा गरेका उनले विराटनगरबाट कक्षा १२ उत्तीर्ण गरेका थिए। काठमाडौं गएर तयारी गर्ने सपना आर्थिक समस्याले अधुरो रह्यो, त्यसपछि गाउँमै काम गर्दै रातको समय पढाइमा लगाएका थिए।
दैनिक मजदुरीसँगै निरन्तर स्वाध्ययन गरेका साफी दोस्रो प्रयासमा छात्रवृत्तिमा सफल भए। हाल उनी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा एमबीबीएस अध्ययनरत छन्।
छात्रवृत्तिले पढाइ शुल्क ढाकिए पनि बसोबास र अन्य खर्च व्यवस्थापन परिवारका लागि चुनौती बनेको छ। तर अभावका बाबजुद पनि छोराको सफलताले परिवार र गाउँमा खुसी छाएको छ। सत्यनारायणले सरकारबाट थप सहयोगको अपेक्षा गरेका छन्।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
