नेपाल हेल्थ न्युज, नवलपरासी । नवलपरासीको देवचुली नगरपालिकामा १० करोड ३१ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको ट्रमा सेन्टरको काम अलपत्र परेको छ।
स्थानीयहरूका अनुसार, निर्माण सुरु भए पनि नौ महिनादेखि भवन निर्माण पूरा हुन सकेको छैन। ठेक्का पाएको बीबीएस जेभी भरतपुरले डिपिसीको लागि बनाइएका रडमा फर्मा बाँधेर ढलान नगरी निर्माण रोकिदिएपछि काम अलपत्र परेको हो।
यसले गर्दा डण्डीमा खिया लागिसकेको स्थानीय अमृत तमाङले बताएका छन्।
सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय भरतपुरका प्रमुख कृष्ण मर्हजनले भने, ठेकेदारले रड राख्दा केही नमिलेका कारण काम रोकिएको हो। म कार्यालयमा नयाँ आएको हुँ र साइड हेर्ने ईन्जिनियर पनि नयाँ आउनुभएको छ। अब काम सुरु हुनेछ।
देवचुली–१७ झराही खोलानजिकै निर्माण भएको दुई तले ट्रमा सेन्टरको काम ०८३ पुसमा पूरा गरेर हस्तान्तरण गर्नुपर्ने सम्झौतामा उल्लेख थियो। कम्पाउण्डसहित निर्माण भइरहेको भवनमा ट्रमा सेन्टर सञ्चालन गर्ने लक्ष्य राखिएको थियो। स्थानीयवासीहरूका अनुसार भवन निर्माण ढिलाइ हुँदा स्वास्थ्य सेवा प्रभावित हुन सक्ने चिन्ता व्यक्त गरेका छन्।
सीटी स्क्यान मेसिन खरिद घोटाला: तत्कालीन उपकुलपतिसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, माघ १५, २०८२
गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध
बिहीबार, माघ १५, २०८२
मन्त्री शर्माद्वारा जि.पी. कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रको अनुगमन
बिहीबार, माघ १५, २०८२
माधव नेपाल अस्पताल भर्ना
बिहीबार, माघ १५, २०८२
