नेपाल हेल्थ न्युज, काठमाडौं । माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले पदभार ग्रहण गरेयता पहिलो दुई महिनामा मानसिक स्वास्थ्य, स्वास्थ्य बीमा सुधार, औषधि व्यवस्थापन, साथै मातृ र नवजात शिशु स्वास्थ्य जस्ता महत्वपूर्ण क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गर्नुभएको छ ।
स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार, मन्त्री गौतमले सुशासन र संस्थागत सुदृढीकरणलाई प्राथमिकता दिँदै रणनीतिक पहलहरू अघि बढाउनुभएको छ।
यस अवधिमा लागू गरिएका नीति र कार्यक्रमहरूले दीर्घकालीन रुपमा नेपालको स्वास्थ्य प्रणालीमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।
मन्त्रालयले जारी गरेको विस्तृत कार्यप्रगति विवरणअनुसार, मानसिक स्वास्थ्य सेवा पहुँच विस्तार, स्वास्थ्य बीमाको सुधार, औषधि आपूर्ति प्रणालीको प्रभावकारी व्यवस्थापन, र मातृ–नवजात शिशु स्वास्थ्य सेवामा सुधारका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको छ।
स्वास्थ्य क्षेत्रका विश्लेषकहरूले डा. गौतमको नेतृत्वमा भएका यी कदमहरूलाई दीर्घकालीन सुधारतर्फको महत्वपूर्ण पहलको रूपमा मूल्याङ्कन गरेका छन्।

स्वास्थ्य मन्त्रालय प्रवक्ताको जिम्मेवारी यशोदा अर्यालाई
आइतबार, वैशाख १३, २०८३
स्वास्थ्य मन्त्रालयमा जिम्मेवारी हेरफेर: को कहाँ ?
आइतबार, वैशाख १३, २०८३
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीको वीर अस्पतालमा सरुवा
शुक्रबार, वैशाख ११, २०८३
१७ जना डाक्टरको नाम दर्ता खारेज (सूचीसहित)
शुक्रबार, वैशाख ११, २०८३

