नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बिमा सम्बन्धी विभिन्न अस्पताललाई बाँकी ७ अर्ब रुपैयाँको भुक्तानी निकासका लागि अर्थ मन्त्रालयमा पठाइएको जानकारी दिनुभएको छ।
राष्ट्रिय सभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सोमबारको बैठकमा उहाँले स्वास्थ्य बिमा प्रणालीलाई दिगो र प्रभावकारी बनाउन मन्त्रालयले सक्रिय रूपमा तयारी गरिरहेको जानकारी दिनुभयो। उहाँले बिमा प्रक्रियामा केही जटिलता रहेको स्वीकार गर्दै, यसलाई हटाउनुभन्दा व्यवस्थित गर्नमै बढी ध्यान दिइरहेको उल्लेख गर्नुभयो।
मन्त्री गौतमले स्वास्थ्य बिमा बोर्डमा आबद्ध सेवा बिन्दुहरूको व्यवस्थापन सुधार र बिमा ऐनका केही दफाहरूमा संशोधन आवश्यक रहेको बताउनुभयो।
साथै, बोर्डको स्थायी दरबन्दीको लागि सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) को पूर्वस्वीकृति प्राप्त भई काम अघि बढेको जानकारी दिनुभयो। स्वास्थ्य बिमा बोर्ड र सामाजिक सुरक्षा कोषसँग समन्वय गर्दै सुधारका काम तीव्र रूपमा अघि बढाइरहेको उहाँले जनाउनुभयो।
बैठकमा मन्त्रीले नसर्ने रोग (एनसिडीज) बढ्दै गएको जोखिमप्रति चिन्ता व्यक्त गर्दै, स्वस्थ जीवनशैली अपनाउन र पोषणयुक्त खानपानमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो। उहाँले जनचेतनामूलक कार्यक्रमलाई अझ व्यापक बनाउन आवश्यक रहेको पनि बताउनुभयो। बैठकमा सरुवा, नसर्ने रोगको वर्तमान अवस्था र अघिल्ला निर्देशनहरूको कार्यान्वयनबारे छलफल भएको थियो।
इम्युनोसप्रेसेन्ट औषधिको बिक्री र प्रयोगमा रोक छैन: औषधि व्यवस्था विभाग
बिहीबार, असोज २९, २०८३
विभिन्न कार्यक्रम गरी विश्व हात धुने दिवस मनाइँदै
बिहीबार, असोज २९, २०८३
माग पूरा नभए सत्याग्रह पुनः सुरु गर्ने डा. केसीको चेतावनी
बिहीबार, असोज २९, २०८३
दसैँ बिदामा पनि अस्पतालको सेवा निरन्तर
बिहीबार, असोज २९, २०८३
