नेपाल हेल्थ न्युज, काठमाडौं। मानसिक स्वास्थ्य क्षेत्रमा सक्रिय संस्था होपफुल होराइजन्स नेपालले रामबाबु–ग्यानु सामाजिक सेवा पुरस्कारबाट सम्मानित भएको छ। उक्त पुरस्कार प्रसिद्ध शिक्षाविद् एवं सामाजिक अभियन्ता प्रा. डा. केदार भक्त माथेमाले एक कार्यक्रमबीच प्रदान गर्नुभएको हो।
यस सम्मानले देशका विभिन्न समुदायमा मानसिक स्वास्थ्य सेवा, परामर्श तथा सचेतना अभिवृद्धिका लागि होपफुल होराइजन्स नेपालले गर्दै आएको निरन्तर प्रयासलाई कदर गरेको संस्थाले जनाएको छ। संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघ–संस्था, कार्यस्थल र समुदायस्तरीय समूहहरूमा मानसिक स्वास्थ्यसम्बन्धी तालिम, परामर्श सेवा र क्षमता विकास कार्यक्रम सञ्चालन गर्दै आएको छ।
सामुदायिक सेवाको हिस्साका रूपमा संस्थाले उन्नति फाउन्डेसन, नेपाल स्नेही काख, नेपाल बाल सुधार गृह तथा विभिन्न कलेजहरूमा आयोजना हुने स्वास्थ्य शिविरमार्फत निःशुल्क मानसिक स्वास्थ्य सेवाहरू उपलब्ध गराउँदै आएको छ।
पुरस्कारप्रति प्रतिक्रिया दिँदै संस्थाले आफ्नो समर्पित टोली, पेशेवर सहकर्मी, स्वयंसेवक तथा निरन्तर साथ र सहयोग प्रदान गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेको छ। संस्थाका अनुसार यो उपलब्धि सामूहिक मेहनत र सहकार्यको परिणाम हो।
साथै, रामबाबु–ग्यानु सामाजिक सेवा पुरस्कार कोष र पुरस्कार प्रदानकर्ता प्रा. डा. केदार भक्त माथेमाप्रति विशेष कृतज्ञता व्यक्त गर्दै, यस सम्मानले भविष्यमा अझ धेरै समुदायसम्म मानसिक स्वास्थ्य सेवा विस्तार गर्न थप ऊर्जा र प्रेरणा मिलेको संस्थाले उल्लेख गरेको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रष्टाचार मुद्दामा सुनुवाइको पेसी तोकियो
मंगलबार, चैत १०, २०८२
ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा
मंगलबार, चैत १०, २०८२
एक खिल्ली चुरोटले २० मिनेट आयु घटाउँछ ? के भन्छन् विज्ञ
मंगलबार, चैत १०, २०८२
मेडिकल काउन्सिलद्वारा डा. साह एक साताका लागि निलम्बित
मंगलबार, चैत १०, २०८२
