नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिसो र शीतलहरबाट बच्ने उपाय अपनाउन आग्रह गरेको छ । पछिल्लो समय बढ्दो चिसो, शीतलहर र हिमपातबाट जनजीवन प्रभावित बन्दै गएकाले मन्त्रालयले यस्तो अनुरोध गरेको हो ।
मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना जारी गर्दै चिसोबाट विशेष गरी बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला र दीर्घ रोगीहरूको ख्याल गर्न आग्रह गरेको छ ।
मन्त्रालयले शरीरको सबै भाग ढाक्ने गरी बाक्लो र न्यानो लुगा लगाउने तथा तातो र पोषिलो झोल पदार्थ प्रशस्त मात्रामा सेवन गर्न । आमाको दुध खाने बच्चाहरूलाई नियमित रूपमा स्तनपान गराउन।, सुत्ने कोठामा आगो, हिटर, मकल वा कोइला बालेर झ्याल ढोका बन्द गरी नसुत्न मन्त्रालयले सचेत गराएको छ।
यसो गर्दा श्वास फेर्न नसकी निसासिएर मृत्यु हुन सक्ने जोखिम रहन्छ। ज्वरो आएमा, झाडापखाला लागेमा, दम बढेमा वा श्वास फेर्न कठिनाइ भएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न मन्त्रालयको सुझाव छ ।
निःशुल्क उपचारका लागि कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने? विवरण सार्वजनिक (सूचीसहित)
सोमबार, साउन १८, २०८३
अनसनरत नर्स र मन्त्रालयका प्रतिनिधिबिच वार्ता सुरु
सोमबार, साउन १८, २०८३
नर्सहरूको १५ बुँदे मागसहित वीर अस्पतालमा प्रदर्शन
सोमबार, साउन १८, २०८३
