नेपाल हेल्थ न्युज, काठमाडौं। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले विभिन्न विभागमा क्लिनिकल रजिस्ट्रार पदका लागि करार सेवामा जनशक्ति पदपूर्ति गर्ने भएको छ। चिकित्सा शास्त्र अध्ययन संस्थान कार्यान्वयन समितिबाट स्वीकृत अस्थायी दरबन्दीअनुसार योग्य नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिएको हो।
सूचनाअनुसार २१ वर्ष पूरा भई ४५ वर्ष उमेर ननाघेका इच्छुक उम्मेदवारहरूले २०८२ साल पुस २३ गते कार्यालय समय साँझ ५ बजेसम्म आवेदन दिन सक्नेछन्। आवेदन दिनका लागि त्रिवि शिक्षण अस्पतालको हिमालयन बैंकमा परीक्षा दस्तुर २ हजार ५ सय रुपैयाँ जम्मा गरी सक्कल भौचर सहित आवेदन फाराम बुझाउनुपर्नेछ।
सूचनाअनुसार पल्मुनोलोजी विभागका लागि १ जना, वर्न तथा प्लास्टिक सर्जरीका लागि २ जना, क्रिटिकल केयर मेडिसिनका लागि २ जना, इमर्जेन्सी मेडिसिनका लागि २ जना र जनरल सर्जरी विभागका लागि १ जना गरी जम्मा ८ जना क्लिनिकल रजिस्ट्रार पदपूर्ति गरिनेछ।
पल्मुनोलोजीका लागि सामान्य चिकित्सा विषयमा एमडी वा सो सरह, वर्न तथा प्लास्टिक सर्जरी र जनरल सर्जरीका लागि जनरल सर्जरी विषयमा एमएस वा सो सरह, क्रिटिकल केयर मेडिसिनका लागि एनेस्थेसियोलोजी विषयमा एमडी वा सो सरह तथा इमर्जेन्सी मेडिसिनका लागि एमडी इएम, एमडी जीपी एन्ड इएम वा सो सरह योग्यता आवश्यक रहेको छ। विस्तृत जानकारीका लागि त्रिवि शिक्षण अस्पतालको कर्मचारी प्रशासन शाखामा सम्पर्क गर्न सकिनेछ।

निजी स्वास्थ्य सेवामा भोलिदेखि ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ लागू, उपचार खर्च बढ्ने
बिहीबार, असार ३२, २०८३
करिब १०० दिनमै निःशुल्क स्वास्थ्य पोर्टलबाट २,२०० भन्दा बढी नागरिक लाभान्वित
बिहीबार, असार ३२, २०८३
छोरीको कलेजो दानबाट बुबाले पाए नयाँ जीवन, किस्टमा १७औँ सफल प्रत्यारोपण
बिहीबार, असार ३२, २०८३
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
बिहीबार, असार ३२, २०८३
