नेपाल हेल्थ न्युज, काठमाडौं । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले मुटुसम्बन्धी उपचारमा नयाँ सेवा थप्दै इलेक्ट्रोफिजियोलोजी सेवा सञ्चालनमा ल्याएको छ। मुटुरोगको पहिचान र उपचारलाई थप प्रभावकारी बनाउने उद्देश्यले यो सेवा सुरु गरिएको सेन्टरले जनाएको छ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालले एक औपचारिक कार्यक्रममार्फत सेवाको उद्घाटन गरेका हुन्। सेन्टरका अनुसार स्वास्थ्य मन्त्रालयको सहयोगमा चिकित्सकहरूलाई विशेष अध्ययन तथा तालिममा पठाई आवश्यक जनशक्ति तयार गरिएको हो। हालसम्म दुई दर्जनभन्दा बढी बिरामीमा यो सेवा सफलतापूर्वक प्रयोग भइसकेको पनि जनाइएको छ।
सेन्टरले इलेक्ट्रोफिजियोलोजी सेवा सञ्चालनमा आएपछि प्रत्येक वर्ष सयौँ मुटुरोगीले समयमै उपचार पाउने विश्वास व्यक्त गरेको छ। साथै यस क्षेत्रका दक्ष जनशक्ति उत्पादन भई देशका अन्य भागमा पनि सेवा विस्तार हुने अपेक्षा गरिएको छ।
इलेक्ट्रोफिजियोलोजी के हो ?
इलेक्ट्रोफिजियोलोजी मुटुको धड्कनमा देखिने असामान्यतालाई पहिचान र उपचार गर्ने विशेष चिकित्सा सेवा हो। हाल नेपालमा यो सुविधा सीमित अस्पतालमा मात्र उपलब्ध छ, जसका कारण बिरामीले लामो समय कुर्नुपर्ने वा उपचारका लागि विदेश जानुपर्ने अवस्था रहेको छ।
मुटु असामान्य रूपमा छिटो वा ढिलो धड्किँदा बिरामीलाई ढुकढुकी बढ्ने, चक्कर लाग्ने, बेहोस हुने वा स्ट्रोकजस्ता जटिल समस्या देखिन सक्छन्। यस्ता लक्षण भएका बिरामीका लागि इलेक्ट्रोफिजियोलोजी सेवा निकै उपयोगी हुने चिकित्सकहरू बताउँछन्।
यस सेवामार्फत विशेषज्ञहरूले आधुनिक प्रविधिको प्रयोग गरी मुटुको समस्या उत्पन्न हुने स्थान पहिचान गर्छन् र उपचार गरेर मुटुको धड्कनलाई सुरक्षित तथा सामान्य अवस्थामा फर्काउन सहयोग गर्छन्।
चिकित्सक अचेत अवस्थामा फेला
आइतबार, चैत १, २०८२
काठमाडौं मेडिकल कलेजमा दुर्लभ मस्तिष्क रोगको सफल उपचार
आइतबार, चैत १, २०८२
अल्झिएको चिकित्सक संघको चुनावः समाधान खोज्दै निर्वाचन समिति
आइतबार, चैत १, २०८२
जुम्लाबाट हेलिकप्टरमा उद्दार गरिएकी सुत्केरीको मृत्यु
शुक्रबार, फागुन २९, २०८२
