नेपाल हेल्थ न्युज, काठमाडौं । चीन सरकारले जन्मदर बढाउने प्रयासको रूपमा परिवार नियोजनसँग सम्बन्धित केही उत्पादनमा कर वृद्धि गरेको छ। बीबीसीका अनुसार, चीनले कण्डम र अन्य गर्भ निरोधक औषधिमा १३ प्रतिशत बिक्री कर लगाएको छ।
यसको विपरीत, बच्चासँग सम्बन्धित सेवा र सामग्रीमा लागेको कर हटाइएको छ। नयाँ व्यवस्था जनवरी १ देखि लागू भएको छ।
चीनले पछिल्लो समयमा जन्मदर घटेसँगै जनसंख्या वृद्धिमा समस्या भोगिरहेको छ। सन् १९९४ मा एक सन्तान नीति लागू हुँदा कण्डम लगायतका गर्भनिरोधकमा कर छुट दिइएको थियो। यसले गर्दा ती सामग्रीहरू सस्तो भएका कारण प्रयोग बढ्ने अपेक्षा गरिएको थियो। हाल सरकारले सन्तान वृद्धि प्रोत्साहित गर्ने उद्देश्यले यी साधनमा कर लगाउने निर्णय गरेको हो।
प्रकाशित मिति: शुक्रबार, पुस १८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
निःशुल्क उपचारका लागि कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने? विवरण सार्वजनिक (सूचीसहित)
सोमबार, साउन १८, २०८३
अनसनरत नर्स र मन्त्रालयका प्रतिनिधिबिच वार्ता सुरु
सोमबार, साउन १८, २०८३
नर्सहरूको १५ बुँदे मागसहित वीर अस्पतालमा प्रदर्शन
सोमबार, साउन १८, २०८३
दाङका अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग गरिने औषधिको अभाव
सोमबार, साउन १८, २०८३ट्रेन्डिङ
२
