नेपाल हेल्थ न्युज, काठमाडौं । चीन सरकारले जन्मदर बढाउने प्रयासको रूपमा परिवार नियोजनसँग सम्बन्धित केही उत्पादनमा कर वृद्धि गरेको छ। बीबीसीका अनुसार, चीनले कण्डम र अन्य गर्भ निरोधक औषधिमा १३ प्रतिशत बिक्री कर लगाएको छ।
यसको विपरीत, बच्चासँग सम्बन्धित सेवा र सामग्रीमा लागेको कर हटाइएको छ। नयाँ व्यवस्था जनवरी १ देखि लागू भएको छ।
चीनले पछिल्लो समयमा जन्मदर घटेसँगै जनसंख्या वृद्धिमा समस्या भोगिरहेको छ। सन् १९९४ मा एक सन्तान नीति लागू हुँदा कण्डम लगायतका गर्भनिरोधकमा कर छुट दिइएको थियो। यसले गर्दा ती सामग्रीहरू सस्तो भएका कारण प्रयोग बढ्ने अपेक्षा गरिएको थियो। हाल सरकारले सन्तान वृद्धि प्रोत्साहित गर्ने उद्देश्यले यी साधनमा कर लगाउने निर्णय गरेको हो।
प्रकाशित मिति: शुक्रबार, पुस १८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सीटी स्क्यान मेसिन खरिद घोटाला: तत्कालीन उपकुलपतिसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, माघ १५, २०८२
गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध
बिहीबार, माघ १५, २०८२
मन्त्री शर्माद्वारा जि.पी. कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रको अनुगमन
बिहीबार, माघ १५, २०८२
माधव नेपाल अस्पताल भर्ना
बिहीबार, माघ १५, २०८२
डा. अरुण शाही ‘द म्याक्स फाउण्डेसन’को ग्लोबल थिंक ट्यांक सदस्यमा नियुक्त
बिहीबार, माघ १५, २०८२ट्रेन्डिङ
