नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ ‘समुदायमा आधारित रोग निगरानी निर्देशिका, २०८२’ कार्यान्वयनमा ल्याएको छ।
निर्देशिकाको उद्देश्य समुदाय स्तरमै रोग पहिचान र नियन्त्रण गर्ने क्षमता बढाउनु हो, विशेषगरी जलवायु परिवर्तन र नयाँ वा पुनःउदीयमान संक्रामक रोगहरूको जोखिम बढ्दै गएको समयमा।
निर्देशिकाअनुसार, समुदायमा देखिने अनपेक्षित स्वास्थ्य समस्या वा संक्रामक रोग तुरुन्त पहिचान गर्ने विशेष व्यवस्था गरिएको छ। महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक र स्थानीय अगुवाहरू मार्फत २४ घण्टाभित्र स्वास्थ्य संस्थामा सूचना पुग्ने प्रणालीलाई प्रभावकारी बनाइनेछ।
सोमर्स र इवार्स जस्ता डिजिटल प्रणाली प्रयोग गरेर तथ्यांक संकलन र विश्लेषण गर्न सकिने व्यवस्था गरिएको छ, जसले रोग फैलावटको निगरानी समयमै गर्न मद्दत पुर्याउनेछ।
निर्देशिकामा संघ, प्रदेश र स्थानीय तहबीच स्पष्ट जिम्मेवारी बाँडफाँड र समन्वय सुनिश्चित गरिएको छ। साथै, जोखिमको आधारमा तत्काल रेस्पोन्स टोली (आरआरटी) परिचालन गरी रोग नियन्त्रण र रोकथामको काम छिटो अघि बढाइने व्यवस्था पनि गरिएको छ।
मन्त्रालयले समुदायमा कुनै पनि स्वास्थ्य समस्या देखिएमा नजिकको स्वास्थ्य संस्था वा ‘हेलो स्वास्थ्य’ १११५ मा जानकारी दिन सर्वसाधारणलाई आग्रह गरेको छ। मन्त्रालयका अनुसार नागरिकको सक्रिय सहभागिता समुदाय आधारित रोग निगरानी प्रणालीलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण छ।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
