नेपाल हेल्थ न्युज, काठमाडौं । प्रधानमन्त्री सुशीलाकार्कीका पति, दुर्गा प्रसाद सुवेदी, स्वास्थ्य समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका लागि भर्ना हुनुभएको छ।
अस्पतालका स्रोतका अनुसार, उहाँलाई पिसाबमा संक्रमण, शरीरमा नुनको कमी, र रिंगटा लाग्ने समस्या देखिएको छ। उपचारमा संलग्न चिकित्सकले अन्य स्वास्थ्य सम्बन्धी विवरण खुलाउन अस्वीकार गरेका छन्।
सुवेदीले अघिसम्म प्रोस्टेटको शल्यक्रिया गराइसक्नुभएको छ। पछिल्लो स्वास्थ्य समस्या देखिएपछि उहाँ बिहीबार अस्पताल भर्ना भएका हुनुभएको हो।
अहिले उहाँलाई अस्पतालमा क्याबिनमा राखेर निगरानी र उपचार भइरहेको छ। प्रधानमन्त्री निकट स्रोतले बताए अनुसार, चिकित्सकहरूसँग उहाँको स्वास्थ्यबारे थप परामर्श भइरहेको छ।
स्रोतका अनुसार, ‘उहाँ पहिले पनि कहिलेकाहीँ बिरामी हुने गरेका जनाइएको छ। पछिल्लो समस्या बुझ्न चिकित्सकहरूसँग सल्लाह भइरहेको छ।’
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
