नेपाल हेल्थ न्युज, काठमाडौं । प्रधानमन्त्री सुशीलाकार्कीका पति, दुर्गा प्रसाद सुवेदी, स्वास्थ्य समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका लागि भर्ना हुनुभएको छ।
अस्पतालका स्रोतका अनुसार, उहाँलाई पिसाबमा संक्रमण, शरीरमा नुनको कमी, र रिंगटा लाग्ने समस्या देखिएको छ। उपचारमा संलग्न चिकित्सकले अन्य स्वास्थ्य सम्बन्धी विवरण खुलाउन अस्वीकार गरेका छन्।
सुवेदीले अघिसम्म प्रोस्टेटको शल्यक्रिया गराइसक्नुभएको छ। पछिल्लो स्वास्थ्य समस्या देखिएपछि उहाँ बिहीबार अस्पताल भर्ना भएका हुनुभएको हो।
अहिले उहाँलाई अस्पतालमा क्याबिनमा राखेर निगरानी र उपचार भइरहेको छ। प्रधानमन्त्री निकट स्रोतले बताए अनुसार, चिकित्सकहरूसँग उहाँको स्वास्थ्यबारे थप परामर्श भइरहेको छ।
स्रोतका अनुसार, ‘उहाँ पहिले पनि कहिलेकाहीँ बिरामी हुने गरेका जनाइएको छ। पछिल्लो समस्या बुझ्न चिकित्सकहरूसँग सल्लाह भइरहेको छ।’
सीटी स्क्यान मेसिन खरिद घोटाला: तत्कालीन उपकुलपतिसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, माघ १५, २०८२
गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध
बिहीबार, माघ १५, २०८२
मन्त्री शर्माद्वारा जि.पी. कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रको अनुगमन
बिहीबार, माघ १५, २०८२
माधव नेपाल अस्पताल भर्ना
बिहीबार, माघ १५, २०८२
