नेपाल हेल्थ न्युज, काठमाडौं । निजामती कर्मचारी अस्पतालमा छिट्टै न्युरो सर्जरी शल्यक्रिया सेवा सञ्चालनमा आउने भएको छ। अस्पताल प्रशासनका अनुसार हाल न्युरो सर्जरीसम्बन्धी बहिरंग (ओपीडी) सेवा सुरु भइसकेको छ भने शल्यक्रिया सेवा पनि करिब एक महिनाभित्रै सुरु गर्ने तयारी भइरहेको छ।
अस्पतालका निर्देशक मोहनचन्द्र रेग्मीले आवश्यक जनशक्ति व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको जानकारी दिँदै पदपूर्ति प्रक्रिया चाँडै अघि बढाइने बताउनुभयो। आवश्यक पूर्वाधार र प्राविधिक तयारीसँगै सेवा विस्तार गरिने उहाँको भनाइ छ।
यसैबीच, निजामती कर्मचारी अस्पतालमा मुटुरोग उपचारसम्बन्धी क्याथल्याब सेवा पनि पछिल्लो एक महिनादेखि सञ्चालनमा रहेको छ। उक्त सेवामार्फत मुटुको नली अवरुद्ध भएको अवस्था जाँच, मुटुको भल्भसम्बन्धी समस्या पहिचान, जन्मजात मुटुरोगको परीक्षण तथा पेसमेकर जडानजस्ता उपचार तथा परीक्षण सेवा प्रदान गरिँदै आएको छ। अस्पतालले क्रमशः विशेषज्ञ सेवा विस्तार गर्दै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
