नेपाल हेल्थ न्युज, काठमाडौं। काठमाडौंको टेकुमा अवस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक पदमा डा. रुना झा नियुक्त हुनुभएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम शर्माले आइतबार मन्त्रीस्तरीय निर्णयमार्फत डा. झालाई उक्त जिम्मेवारी प्रदान गर्नुभएको हो।
यसअघि डा. झा कोशी अस्पतालमा प्रमुख मेडिकल सुपरिटेन्डेन्टको रूपमा कार्यरत रहनुभएको थियो। उहाँको सरुवासँगै कोशी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी अब प्रमुख कन्सलटेन्ट पेडियाट्रिसियन (११औँ तह) डा. राम नारायण चौधरीले सम्हाल्नुभएको छ।
यसैबीच, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा यसअघि निर्देशकको जिम्मेवारी सम्हाल्दै आउनुभएका डा. रञ्जनराज भट्टलाई आफ्नै दरबन्दीअनुसार सोही प्रयोगशालामा कार्यरत रहने गरी व्यवस्थापन गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
डा. झा यसअघि पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा निर्देशकको रूपमा कार्य गरिसक्नुभएको अनुभवी चिकित्सक हुनुहुन्छ।
८४ जनाले पुनः प्राप्त गरे आँखाको ज्योति
शुक्रबार, पुस २५, २०८२
सचिन र भावना अब एनआरएनएको पूर्ण छात्रवृत्तिमा एमबीबीएस पढ्न पाउने
बिहीबार, पुस २४, २०८२
३८ करोड भुक्तानी नपाउँदा त्रिवि अस्पतालले स्वास्थ्य बीमा सेवा रोक्ने चेतावनी
बिहीबार, पुस २४, २०८२
औषधि उत्पादक संघ र औषधि आयातकर्ता संघको पक्षमा फैसला
बिहीबार, पुस २४, २०८२
