नेपाल हेल्थ न्युज, काठमाडौं। काठमाडौंको टेकुमा अवस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक पदमा डा. रुना झा नियुक्त हुनुभएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम शर्माले आइतबार मन्त्रीस्तरीय निर्णयमार्फत डा. झालाई उक्त जिम्मेवारी प्रदान गर्नुभएको हो।
यसअघि डा. झा कोशी अस्पतालमा प्रमुख मेडिकल सुपरिटेन्डेन्टको रूपमा कार्यरत रहनुभएको थियो। उहाँको सरुवासँगै कोशी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी अब प्रमुख कन्सलटेन्ट पेडियाट्रिसियन (११औँ तह) डा. राम नारायण चौधरीले सम्हाल्नुभएको छ।
यसैबीच, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा यसअघि निर्देशकको जिम्मेवारी सम्हाल्दै आउनुभएका डा. रञ्जनराज भट्टलाई आफ्नै दरबन्दीअनुसार सोही प्रयोगशालामा कार्यरत रहने गरी व्यवस्थापन गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
डा. झा यसअघि पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा निर्देशकको रूपमा कार्य गरिसक्नुभएको अनुभवी चिकित्सक हुनुहुन्छ।
अत्यावश्यक ९८ प्रकारका औषधि स्वदेशमै उत्पादन गर्न उद्योगीलाई आग्रह
मंगलबार, फागुन २६, २०८२
नेपालमै क्यान्सर उपचार सम्भव भएको गायक हेमन्त शर्माको अनुभव
मंगलबार, फागुन २६, २०८२
ढोरपाटनमा दादुरा नियन्त्रणका लागि खोप अभियान सुरु
मंगलबार, फागुन २६, २०८२
हिँडेर बर्थिङ सेन्टर जाँदै गरेकी महिलाले बाटोमै जन्माइन् शिशु
मंगलबार, फागुन २६, २०८२
