नेपाल हेल्थ न्युज, विराटनगर । विराटनगरमा रहेको कोशी अस्पतालको निर्देशकको जिम्मेवारी डा. रामनारायण चौधरीलाई प्रदान गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत डा. चौधरीलाई अस्पतालको नेतृत्व सम्हाल्ने जिम्मा दिएको हो। हाल उहाँ कोशी अस्पतालमै बाल रोग विशेषज्ञका रूपमा कार्यरत रहँदै आउनु भएको छ।
डा. चौधरीलाई मन्त्रालयले यसअघि २०७८ पुस २७ गते प्रमुख कन्सल्टेन्ट पेडियाट्रिसियन (एघारौँ तह) मा पदोन्नति गरेको थियो।
उहाँलाई निर्देशकको जिम्मेवारी दिइएसँगै हालकी निर्देशक डा. रुना झालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गर्ने निर्णय पनि गरिएको छ।
प्रकाशित मिति: सोमबार, पुस २१, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
