नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल चिकित्सक संघले निजामती कर्मचारी अस्पताल ‘सिभिल अस्पतालले स्नातकोत्तर तह उत्तीर्ण चिकित्सकका लागि तय गरेको तहप्रति आपत्ति जनाएको छ।
संघले एमडी, एमएस तथा एमडीएस उपाधि प्राप्त चिकित्सकलाई आठौँ तहमा करार नियुक्ति गर्न खोजिएको विषय नियमविपरीत भएको जनाएको हो।
सिभिल अस्पतालले हालै करार सेवामार्फत विभिन्न पदमा चिकित्सक नियुक्तिका लागि सूचना सार्वजनिक गरेको थियो। उक्त सूचनामा स्नातकोत्तर उत्तीर्ण चिकित्सकलाई आठौँ तह सरह राखिएको उल्लेख छ।
तर संघका अनुसार सरकारी व्यवस्था अनुसार एमबीबीएस उत्तीर्ण चिकित्सक आठौँ तहमा र स्नातकोत्तर उत्तीर्ण चिकित्सक नवौँ तहमा नियुक्त हुनुपर्ने स्पष्ट व्यवस्था छ।
संघले उच्च शिक्षा हासिल गरेका चिकित्सकलाई तल्लो तहमा राख्नु पेशागत सम्मानविरुद्ध र अन्यायपूर्ण भएको बताएको छ। साथै, सरकारले तोकेको मापदण्डविपरीत जारी गरिएको सूचना तत्काल संशोधन गर्न माग गर्दै माग पूरा नभए कडा कदम चाल्ने चेतावनी पनि संघले दिएको छ।
अत्यावश्यक ९८ प्रकारका औषधि स्वदेशमै उत्पादन गर्न उद्योगीलाई आग्रह
मंगलबार, फागुन २६, २०८२
नेपालमै क्यान्सर उपचार सम्भव भएको गायक हेमन्त शर्माको अनुभव
मंगलबार, फागुन २६, २०८२
ढोरपाटनमा दादुरा नियन्त्रणका लागि खोप अभियान सुरु
मंगलबार, फागुन २६, २०८२
हिँडेर बर्थिङ सेन्टर जाँदै गरेकी महिलाले बाटोमै जन्माइन् शिशु
मंगलबार, फागुन २६, २०८२
