नेपाल हेल्थ न्युज, काठमाडौं । यस वर्षको राष्ट्रिय योग दिवस स्वस्थ समाज, समृद्ध नेपाल र ‘विश्व शान्तिका लागि योग भन्ने मूल नाराका साथ मनाइने भएको छ। नेपालमा हरेक वर्ष माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रूपमा मनाउने परम्परा अनुसार यसवर्ष पनि विभिन्न कार्यक्रमको आयोजना गर्न लागिएको हो।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवको अध्यक्षतामा बसेको मूल समारोह उपसमितिको बैठकले योग दिवसलाई साताव्यापी रूपमा मनाउने निर्णय गरेको छ।
यस अवधिमा योगको महत्व र आवश्यकताका बारेमा प्राथमिकताका साथ प्रचारप्रसार गरिनेछ। ऋषि महर्षिहरूको तपोवन र योग साधनाको उद्गम स्थल मानिएको नेपालमा योगलाई जनस्तरसम्म पुर्याउन सरकारले विशेष पहल गरेको हो।
दैनिक योगाभ्यासले मानिसलाई अनुशासित र नैतिकवान् बनाउनुका साथै शरीरलाई स्वस्थ, फुर्तिलो र जाँगरिलो राख्न मद्दत पुग्ने विश्वास गरिन्छ।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
