नेपाल हेल्थ न्युज, कैलाली । शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले लामो समयपछि नेतृत्व पाएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनको अध्यक्षतामा काठमाडौंमा सम्पन्न विश्वविद्यालय सभाको दोस्रो बैठकले उपकुलपति र रजिस्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो।
विश्वविद्यालय सभाका सदस्य तथा गोदावरी नगरपालिकाका प्रमुख वीरेन्द्र भट्टका अनुसार उपकुलपतिको जिम्मेवारी प्रा.डा. सुनिलकुमार जोशीलाई दिइएको छ भने रजिस्ट्रार पदमा डा. खेमराज जोशीलाई नियुक्त गरिएको छ ।
यसअघि प्रा.डा. जयराज अवस्थीको संयोजकत्वमा गठित सिफारिस समितिले उपकुलपति पदका लागि प्रा.डा. जोशीको नाम सिफारिस गरेको थियो। रजिस्ट्रार पदका लागि तीन जनाको नाम सिफारिस गरिएकोमा डा. खेमराज जोशीलाई प्राथमिकतामा राखी अन्य दुई जनालाई वैकल्पिक सूचीमा समावेश गरिएको बताइएको छ।
उपकुलपति नियुक्तिका लागि तेस्रो पटक विज्ञापन खुला गरिएको थियो, जसमा दुई जनाले आवेदन दिएका थिए। तीमध्ये प्रा.डा. जोशीको आवेदन मात्रै मापदण्डअनुसार योग्य ठहरिएको थियो।
सभासद् भट्टका अनुसार आगामी दिनमा विश्वविद्यालयको सिनेट बैठकहरू काठमाडौं बाहिर नभई विश्वविद्यालय परिसरमै आयोजना गर्ने सहमति पनि भएको छ। साथै, विश्वविद्यालयका लागि निर्माण गरिएका भौतिक संरचना औपचारिक रूपमा हस्तान्तरण गर्ने विषयमा समेत छलफल भएको उहाँले जानकारी दिनुभयो।
बैठकमा तत्काल ३ सय शय्याको अस्पताल सञ्चालनमा ल्याउने र एमबीबीएस कार्यक्रम सुरु गर्ने सम्भावनाबारे पनि विचार–विमर्श गरिएको बताइएको छ।
आईसीयूबाट अन्तर्वार्ता लिएको विषयमा प्रेस काउन्सिलको ध्यानाकर्षण
सोमबार, भदौ २९, २०८३
बैतडीमा भिरबाट लडेर स्वास्थ्य स्वयंसेविकाको मृत्यु
सोमबार, भदौ २९, २०८३
दर्ता नभएका जडीबुटीयुक्त सुगन्धित तेलको बिक्री रोक्न सरकारको निर्देशन
सोमबार, भदौ २९, २०८३
आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
सोमबार, भदौ २९, २०८३
