नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल मेडिकल काउन्सिलका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले कार्यभार सम्हालेका छन्। पुसको दोस्रो साता सम्पन्न निर्वाचनबाट विजयी एक उपाध्यक्ष र आठ जना सदस्यहरुले आज काउन्सिल पुगेर पदवहाली गरेका हुन् ।
त्यसअघि काउन्सिलका अध्यक्ष प्रा.डा. चोपलाल भुसाल, रजिष्ट्रार डा. सतिशकुमार देव तथा काउन्सिलका अन्य कर्मचारीहरुले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई अविर खादा लगाएर स्वागत गरेका थिए ।
यसपटक काउन्सिल निर्वाचनबाट उपाध्यक्षमा डा. कुञ्जाङ शेर्पा निर्वाचित भएका थिए । यस्तै सदस्यहरुमा डा. छविलाल पन्थी, डा. सारिका गोइत, डा. दिपेन्द्र पाण्डे, डा. योविन यादव, डा. अस्मिता पोख्रेल, डा. सम्राट पराजुली, डा. रविन बस्नेत र डा. नीना राई निर्वाचित भएका थिए।

प्रकाशित मिति: मंगलबार, पुस २२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
