नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य क्षेत्रसँग आबद्ध पाँच वटा पेशागत संस्थाले आफ्ना माग तत्काल सम्बोधन गर्न माग गर्दै नेपाल स्वास्थ्य व्यवसायी परिषद्लाई २४ घण्टे समयसीमा दिएका छन्।
बारम्बार ध्यानाकर्षण गराउँदा पनि परिषद्ले मागप्रति चासो नदेखाएको आरोप लगाउँदै ती संस्थाहरूले अल्टिमेटम दिएका हुन्। नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन, नेपाल जनस्वास्थ्य सङ्घ, मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल, नेपाल सिएमए सङ्घ तथा हेल्थ असिस्टेन्ट सङ्घले स्वास्थ्य व्यवसायी परिषद् ऐन संशोधनको मागसहित आज परिषद्लाई ज्ञापनपत्र बुझाएका छन्।
संस्थाहरूका अनुसार परिषद् स्थापना भएको झण्डै २७ वर्ष बितिसक्दा पनि ऐन संशोधन नहुनु गम्भीर विषय हो। साथै परिषद् ऐनको दफा ४ को उपदफा २ अनुसार पेशागत सङ्घसंस्थाको प्रतिनिधित्व नहुनु, विषयविज्ञको सट्टा बाह्य व्यक्तिले समितिको नेतृत्व गर्नु, एउटै व्यक्तिले पाँचभन्दा बढी समिति सम्हाल्नु तथा उच्च अदालतले तोकेको समयभित्र निर्वाचन नगर्नु जस्ता विषयमा उनीहरूले आपत्ति जनाएका छन्।
उनीहरूले दिएको समयसीमाभित्र माग सम्बोधन नभए तालाबन्दी, घेराउ, कामकाज अवरुद्ध गर्ने, रिले अनशनलगायतका आन्दोलनका कार्यक्रम सुरु गर्न बाध्य हुने चेतावनी दिएका छन्।
ज्ञापनपत्र परिषद्का अध्यक्ष सुवोधकुमार शर्मा र रजिस्ट्रार लीलानाथ भण्डारीलाई पाँचवटै संस्थाका पदाधिकारीहरूले संयुक्त रूपमा बुझाएका हुन्।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
