नेपाल हेल्थ न्युज, विराटनगर। कोशी प्रदेश सरकारमा स्वास्थ्य मन्त्रीको जिम्मेवारी मानबहादुर लिम्बुले सम्हालेका छन्। मन्त्रिपरिषद् पुनर्गठनको क्रममा मुख्यमन्त्री हिक्मत कार्कीले उनलाई उक्त जिम्मेवारी दिएका हुन्।
यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी भूपेन्द्र राईसँग रहेको थियो। एमाले–कांग्रेसबीच बनेको नयाँ सत्ता समीकरणअनुसार कांग्रेसका नेता लिम्बु प्रदेश सरकारमा सहभागी भएका छन्।
मोरङ क्षेत्र नं. ३ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित लिम्बु मंगलबार नियुक्त भएका हुन्। मुख्यमन्त्री कार्कीले सोही दिन १० जना मन्त्री तथा राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए।
यससँगै कोशी प्रदेशको मन्त्रिपरिषद् ११ सदस्यीय बनेको छ । नवनियुक्त मन्त्रीहरूले मंगलबार नै प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। पुनर्गठनपछि सरकारलाई थप प्रभावकारी र सन्तुलित बनाउने उद्देश्य रहेको मुख्यमन्त्री कार्कीले बताएका छन् ।
निःशुल्क उपचारका लागि कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने? विवरण सार्वजनिक (सूचीसहित)
सोमबार, साउन १८, २०८३
अनसनरत नर्स र मन्त्रालयका प्रतिनिधिबिच वार्ता सुरु
सोमबार, साउन १८, २०८३
नर्सहरूको १५ बुँदे मागसहित वीर अस्पतालमा प्रदर्शन
सोमबार, साउन १८, २०८३
