नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको बुधबार बस्ने पूर्ण बैठकमा चिकित्सक डा. यशोदा रिजालको एजेन्डा पेश गरिने भएको छ। अदालतको आदेशका बाबजुद काउन्सिलले कारबाहीमा ढिलाइ गरेको भन्दै दबाब बढेपछि उक्त विषय पूर्ण बैठकमा लैजान लागिएको हो।
काउन्सिलका रजिष्ट्रार डा. सतिश देवले नेपाल हेल्थ न्युजसँग बताएअनुसार, ‘नयाँ कार्यसमिति आएको छ। डा. रिजालको एजेन्डा पूर्ण बैठकमा छलफल हुनेछ।’
काउन्सिल स्रोतका अनुसार, डा. रिजाललाई निलम्बन वा लाइसेन्स खारेज गर्न सकिने सम्भावना बलियो छ। अदालतले उनलाई झुटा प्रमाण तयार गरेको अभियोगमा दोषी ठहर गरिसकेको छ।
यद्यपि, काउन्सिलले समय लम्बाएर डा. रिजाललाई जोगाउने प्रयास गरेको आरोप लाग्दै आएको छ। मुद्दा अदालतमा विचाराधीन रहेकै बेला उनलाई अमेरिका जान ‘गुड स्ट्यान्डिङ सर्टिफिकेट’ समेत जारी गरिएको थियो।
यो प्रकरण जबर्जस्ती करणीसँग सम्बन्धित छ। पीडित महिला र दिवाकर रिजालबीच अंश मुद्दाको क्रममा चिनजान भएको थियो। त्यस सम्बन्धको फाइदा लिँदै दिवाकरले करणी गरेको पाइएको थियो। जाँचका क्रममा अदालतले डा. यशोदा रिजालले झूटो विवरण तयार पारेको पुष्टि गरेको थियो।
उच्च रक्तचापको कारण दिवाकरलाई एक रात अस्पताल भर्ना गरिएको झूटो विवरण डा. रिजालले तयार पारेकी थिइन्। डा. रिजाल त्यस समय खरानीटार अस्पतालको प्रमुख थिइन् भने दिवाकर उनका बुवा हुन्।
घटनापछि तीन वर्षमा जिल्ला अदालतले डा. रिजाललाई एक महिना जेल र ५ हजार रुपैयाँ जरिवाना तोकेको थियो। ६ साउन २०८२ मा पीडित महिलाले काउन्सिललाई निवेदन पेश गर्दै डा. रिजालको लाइसेन्स खारेज गर्न माग गरेकी थिइन्।
नेपाल मेडिकल काउन्सिलको नियमावली अनुसार, झुटा प्रमाणपत्र दिने वा फौजदारी अभियोगमा दोषी ठहर भएकालाई लाइसेन्स खारेज गर्न सकिन्छ। तर काउन्सिलले लामो समयसम्म कारबाही अघि बढाएको थिएन।
काउन्सिल स्रोतका अनुसार, डा. रिजालको विषयलाई प्राथमिकतामा नराख्दै बैठकलाई पटक(पटक टार्ने प्रयास गरिएको थियो।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
