नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतम र नेपालका लागि इजरायलका राजदूत एच.ई. श्मुलिक एरी बासबीच शिष्टाचार भेटघाट सम्पन्न भएको छ।
उक्त भेटमा नेपाल–इजरायलबीच स्वास्थ्य क्षेत्रमा हाल भइरहेको सहकार्य र आगामी दिनमा विस्तार गर्न सकिने सम्भावित साझेदारीका विषयमा छलफल भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
स्वास्थ्य सेवा प्रणालीलाई अझ मजबुत बनाउने, प्राविधिक सहयोग लिने तथा अनुभव साटासाट गर्ने विषयमा दुवै पक्षले विचार विमर्श गरेका थिए।
भेटका क्रममा राजदूत बासले विपद् व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउन इजरायल सरकारको तर्फबाट प्राविधिक सहयोग उपलब्ध गराउन तयार रहेको बताएका छन्। इजरायलको आकस्मिक स्वास्थ्य सेवा तथा विपद् व्यवस्थापनसम्बन्धी अनुभव नेपालका लागि उपयोगी हुने उनको भनाइ थियो।
स्वास्थ्य मन्त्री डा. शर्मा गौतमले स्वास्थ्य प्रविधि, आपतकालीन सेवा र विपद् व्यवस्थापनमा इजरायलले हासिल गरेको उपलब्धिको प्रशंसा गर्दै यस्ता सहयोगले नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्ने बताइन्।
भेटवार्तामा दुवै पक्षले स्वास्थ्य क्षेत्रमा सहकार्यलाई थप विस्तार गर्दै दीर्घकालीन साझेदारी विकास गर्ने विषयमा सकारात्मक प्रतिबद्धता व्यक्त गरेका छन्।
८४ जनाले पुनः प्राप्त गरे आँखाको ज्योति
शुक्रबार, पुस २५, २०८२
सचिन र भावना अब एनआरएनएको पूर्ण छात्रवृत्तिमा एमबीबीएस पढ्न पाउने
बिहीबार, पुस २४, २०८२
३८ करोड भुक्तानी नपाउँदा त्रिवि अस्पतालले स्वास्थ्य बीमा सेवा रोक्ने चेतावनी
बिहीबार, पुस २४, २०८२
औषधि उत्पादक संघ र औषधि आयातकर्ता संघको पक्षमा फैसला
बिहीबार, पुस २४, २०८२
