नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतम र नेपालका लागि इजरायलका राजदूत एच.ई. श्मुलिक एरी बासबीच शिष्टाचार भेटघाट सम्पन्न भएको छ।
उक्त भेटमा नेपाल–इजरायलबीच स्वास्थ्य क्षेत्रमा हाल भइरहेको सहकार्य र आगामी दिनमा विस्तार गर्न सकिने सम्भावित साझेदारीका विषयमा छलफल भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
स्वास्थ्य सेवा प्रणालीलाई अझ मजबुत बनाउने, प्राविधिक सहयोग लिने तथा अनुभव साटासाट गर्ने विषयमा दुवै पक्षले विचार विमर्श गरेका थिए।
भेटका क्रममा राजदूत बासले विपद् व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउन इजरायल सरकारको तर्फबाट प्राविधिक सहयोग उपलब्ध गराउन तयार रहेको बताएका छन्। इजरायलको आकस्मिक स्वास्थ्य सेवा तथा विपद् व्यवस्थापनसम्बन्धी अनुभव नेपालका लागि उपयोगी हुने उनको भनाइ थियो।
स्वास्थ्य मन्त्री डा. शर्मा गौतमले स्वास्थ्य प्रविधि, आपतकालीन सेवा र विपद् व्यवस्थापनमा इजरायलले हासिल गरेको उपलब्धिको प्रशंसा गर्दै यस्ता सहयोगले नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्ने बताइन्।
भेटवार्तामा दुवै पक्षले स्वास्थ्य क्षेत्रमा सहकार्यलाई थप विस्तार गर्दै दीर्घकालीन साझेदारी विकास गर्ने विषयमा सकारात्मक प्रतिबद्धता व्यक्त गरेका छन्।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
