नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले विशेषज्ञ चिकित्सक सहित विभिन्न पदमा कर्मचारी माग गरेको छ । कलेजले एक सूचना प्रकाशित गरी प्राध्यापक, एशोसिएट प्राध्यापक, सहायक प्राध्यापक, लेक्चर सहित स्टाफ नर्स लगायतका पदहरुमा जनशक्ति माग गरेको हो ।
सूचना अनुसार आइटी असिस्टेन्ट, आइटी सपोर्ट टेक्निसियन, प्रक्यूमेन्ट असिस्टेन्ट तथा स्टोर इन्चार्ज समेत माग गरिएको छ । कलेजले दक्ष जनशक्तिहरु थप गरि स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको गुणस्तर अभिबृद्धि गर्न खोजेको कलेज प्रशासनले जनाएको छ ।
योग्यता पुगेका दक्ष जनशक्तिले आफ्नो व्यक्तिगत र शैक्षिक विवरण इमेल गर्नुपर्ने छ । प्रशासनले आवेदन उपर प्रारम्भिक अध्ययन पश्चात आवेदन दिने व्यक्तिलाई सम्पर्क गरी अन्तरवार्ताका लागि बोलाउने छ ।
कलेजले पछिल्लो समय स्वास्थ्य सेवा तर्फ नयाँ सिटी स्क्यान, एमआरआई तथा अत्याधुनिक क्याथल्याब समेत सुरु गरिसकेको छ । स्वास्थ्य सेवामा नविनतम उपकरण तथा दक्ष जनशक्ति व्यवस्थापन गरी सर्वसाधारणलाई सर्वसुलभ शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ काम गरिरहेको छ ।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
