नेपाल हेल्थ न्युज, बेइजिङ । चीनका अनुसन्धानकर्ताहरूले कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरी नयाँ औषधि छान्ने एक भर्चुअल प्लेटफर्म विकास गरेका छन्, जसले परम्परागत विधिको तुलनामा औषधि परीक्षणको गति करिब दश लाख गुणा बनाएको छ। चिङहुवा विश्वविद्यालयका अनुसार, यस प्लेटफर्मले पूर्वानुमानको सटीकता पनि उल्लेखनीय रूपमा सुधार गरेको छ।
‘ड्रगक्लिप’ नामको यस प्रणाली प्रयोग गरेर अनुसन्धानकर्ताहरूले पहिलो भर्चुअल औषधि छनोट परियोजना सफलतापूर्वक सम्पन्न गरेका छन्। यसले नयाँ औषधि विकासमा अवसरहरू खोल्ने विश्वास व्यक्त गरिएको छ। अध्ययनको विवरण हालै अन्तर्राष्ट्रिय वैज्ञानिक पत्रिकामा अनलाइन प्रकाशित गरिएको छ।
यस प्लेटफर्मले मानव शरीरमा रहेका प्रोटिन र साना अणुहरूबीचको अन्तर्क्रिया कम्प्युटरमा छिटो परीक्षण गर्न सक्षम बनाउँछ। यसअघि यस्ता परीक्षणहरू गर्न वर्षौं समय लाग्ने गरेको थियो, तर ‘ड्रगक्लिप’ ले यस प्रक्रियालाई मात्र एक दिनमै सम्पन्न गर्न सक्ने बनाएको छ। यसले क्यान्सर, सङ्क्रामक रोग र दुर्लभ रोगका लागि औषधि विकासलाई निकै छिटो र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
विशेष कम्प्युटिङ नोडहरूको प्रयोगबाट, प्लेटफर्मले धेरै वर्ष लाग्ने अनुसन्धानलाई केही घण्टामा सक्ने क्षमता राख्दछ। अहिले यो डाटाबेस विश्वभरका वैज्ञानिकहरूको पहुँचका लागि निःशुल्क उपलब्ध गराइएको छ, जसले आधारभूत अनुसन्धान र प्रारम्भिक औषधि विकासमा सहयोग पुर्याउनेछ।
आगामी दिनमा ‘ड्रगक्लिप’ टोलीले शैक्षिक संस्था र औद्योगिक साझेदारहरूसँग मिलेर नयाँ उपचार विधि छिटो विकास गर्ने योजनामा काम गर्दैछ। टोलीले प्लेटफर्मको प्रदर्शन सुधार्दै यसलाई अझ व्यापक, प्रभावकारी र विश्वव्यापी रूपमा पहुँचयोग्य बनाउने लक्ष्य राखेको छ। सिन्ह्वा
कानुन विपरीत सञ्चालन भएका अस्पतालमा काम नगर्न चिकित्सकलाई निर्देशन
आइतबार, असार ७, २०८३
टिचिङमा असार १५ देखि स्वास्थ्य बिमा पुन सुचारु हुने
आइतबार, असार ७, २०८३
प्रा. डा. चन्दा कार्कीका दुई कृतिमार्फत समाजसेवाको नयाँ अभियान
आइतबार, असार ७, २०८३
अब क्यान्सरको औषधि सहज उपलब्ध हुने
आइतबार, असार ७, २०८३
