नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमले नेपालमा स्वास्थ्य खर्चको ठूलो भाग गैर(संक्रमणजन्य रोग (एनसिडी) उपचारमा खर्च भइरहेको बताउनुभएको छ। एनसिडी एलायन्स नेपालद्वारा आयोजित कार्यक्रममा मन्त्री गौतमले अधिकांश नसर्ने रोग रोकथाम गर्न सकिए पनि उपचारमा मात्र ध्यान दिइँदा सरकारले ठूलो आर्थिक भार बेहोर्नुपरेको बताउनुभयो।
उहाँले स्वास्थ्य बीमा कार्यक्रममा देखा परेको वित्तीय खाडलमा पनि चिन्ता व्यक्त गर्नुभयो। सरकारले बीमाका लागि ११ अर्ब रुपैयाँ छुट्याएको भए पनि अहिलेसम्म खर्च २४ अर्ब पुगेको तथ्यांक प्रस्तुत गर्दै उहाँले सरकारमाथि दोहोरो भार परेको उल्लेख गर्नुभयो।
स्थानीय सरकारले निःशुल्क दिनुपर्ने आधारभूत स्वास्थ्य सेवा बीमा खर्चबाट धानिँदा र नागरिकले प्रिमियम तिरेको अवस्थामा यस्तो अवस्था सिर्जना भएको मन्त्रीको तर्क छ।
सहरी क्षेत्रमा स्वास्थ्य सेवा अझै असमान रहेको भन्दै मन्त्री गौतमले ग्रामीण भेगमा स्वास्थ्य पूर्वाधार विस्तार भए तापनि विपन्न सहरी वर्गले आधारभूत सेवा सहजै पाउन नसकेको बताउनुभयो। मन्त्रालयले तथ्याङ्कको आधारमा स्वास्थ्यकर्मीको न्यायोचित सरुवा र पदस्थापन गर्ने तयारी गर्दैछ।
डा. गौतमले धुम्रपान नियन्त्रण र नसर्ने रोग व्यवस्थापनका लागि नीति र कानुन पर्याप्त भए पनि कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार अब स्वास्थ्यकर्मी परिचालन गर्दा न्याय (इक्विटी) र आवश्यकता आधारमा निर्णय हुनेछ। कार्यक्रममा स्थानीय तहका प्रतिनिधिहरूसँग सेवा प्रवाहमा खर्च घटाउने र प्रभावकारिता बढाउने उपायमा पनि छलफल गरिएको थियो।
बाँकेमा हात्तीपाइले विरुद्धको १० दिने औषधि सेवन अभियान सुरु
शुक्रबार, माघ ९, २०८२
स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल
शुक्रबार, माघ ९, २०८२
सानोठिमी बाल सुधार गृहमा झडप, १३ घाइते
शुक्रबार, माघ ९, २०८२

