नेपाल हेल्थ न्युज, काठमाडौं । भारतको प्रतिष्ठित आउटलुक म्यागजिनले सार्वजनिक गरेको ‘गेम चेन्जर अफ हेल्थकेयर’ सूचीमा एक नेपाली चिकित्सक पनि परेका छन्।
घुँडाको शल्यक्रिया तथा रिप्लेसमेन्टमा रोबोटिक प्रविधिको सफल प्रयोग गर्दै आएका हाडजोर्नी विशेषज्ञ डा. दीपक गौतम उक्त सूचीमा समावेश भएका हुन्। स्याङ्जा निवासी डा. गौतम हाल मुम्बईस्थित एपोलो अस्पतालमा हाडजोर्नी विभाग प्रमुखका रूपमा कार्यरत छन्।
उनले हालसम्म धेरै बिरामीमा सफलतापूर्वक रोबोटिक नी रिप्लेसमेन्ट तथा आधुनिक प्रविधिबाट हिप रिप्लेसमेन्ट शल्यक्रिया गरिसकेका छन्।
स्वास्थ्य क्षेत्रमा नवीन प्रविधिको प्रयोगमार्फत उल्लेखनीय योगदान पुर्याएको भन्दै आउटलुक ले डा. गौतमसहित भारतका विभिन्न शहरमा कार्यरत सात चिकित्सकलाई ‘गेम चेन्जर अफ हेल्थकेयर का रूपमा सूचीकृत गरेको हो।

प्रकाशित मिति: सोमबार, पुस २८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
आईसीयूबाट अन्तर्वार्ता लिएको विषयमा प्रेस काउन्सिलको ध्यानाकर्षण
सोमबार, भदौ २९, २०८३
बैतडीमा भिरबाट लडेर स्वास्थ्य स्वयंसेविकाको मृत्यु
सोमबार, भदौ २९, २०८३
दर्ता नभएका जडीबुटीयुक्त सुगन्धित तेलको बिक्री रोक्न सरकारको निर्देशन
सोमबार, भदौ २९, २०८३
आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
सोमबार, भदौ २९, २०८३
