नेपाल हेल्थ न्युज, दाङ । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य बीमा सेवा वापत पाउनुपर्ने ठूलो रकम लामो समयदेखि भुक्तानी नहुँदा गम्भीर आर्थिक दबाब खेप्नुपरेको जनाएको छ।
प्रतिष्ठानका रजिस्ट्रार प्रा. डा. श्याम लम्सालका अनुसार कार्तिक मसान्तसम्मको करिब ११ करोड रुपैयाँ बराबरको बीमा रकम अझै प्राप्त भएको छैन।
मङ्सिर र पुस महिनाको रकम समेत जोड्दा भुक्तानी हुन बाँकी रकम करिब १४ करोड रुपैयाँ पुग्ने उहाँले जानकारी दिनुभयो।
बीमा बोर्डसँग पटक–पटक लिखित र मौखिक रूपमा अनुरोध गर्दा पनि उल्लेख्य रकम प्राप्त हुन नसक्दा संस्थाको आर्थिक अवस्था जटिल बन्दै गएको र अब धान्नै गाह्रो भएको रजिस्ट्रार लम्सालले बताउनुभयो।
बीमा सेवा वापतको रकम समयमै नआउँदा औषधि आपूर्तिकर्ताहरूले समेत औषधि तथा आवश्यक स्वास्थ्य सामग्री दिन नसक्ने अवस्था आएको उहाँले उल्लेख गर्नुभयो। यसले बीमाबाट उपचार लिइरहेका सेवाग्राहीलाई प्रत्यक्ष असर पर्न सक्ने जोखिम रहेको पनि उहाँको भनाइ छ।
स्वास्थ्य सेवा निरन्तर सञ्चालनका लागि बीमा रकम छिटो भुक्तानी गराउन सरोकारवाला निकायले पहल गरिदिन रजिस्ट्रार लम्सालले आग्रह गर्नुभएको छ।
अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा
शुक्रबार, असोज २, २०८३
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
