नेपाल हेल्थ न्युज, काठमाडौं । अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत फर्मासिस्ट र फार्मेसी सहायकको पारिश्रमिक बढाउन माग गर्दै नेपाल फार्मेसी संघले स्वास्थ्य मन्त्रीलाई ध्यानाकर्षण गराएको छ।
संघले स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमसमक्ष ज्ञापनपत्र बुझाउँदै तलब तथा सेवा सुविधामा सुधार गर्न आग्रह गरेको हो।
संघका अनुसार हाल नर्सिङ सेवामा कार्यरत कर्मचारीको पारिश्रमिक तथा सुविधा बढाइँदै आएको भए पनि त्यही संस्थामा कार्यरत फर्मासिस्ट र फार्मेसी सहायकहरू भने यसबाट वञ्चित भइरहेका छन्।
औषधिको सुरक्षित भण्डारण, वितरण र प्रयोग सुनिश्चित गर्ने महत्वपूर्ण जिम्मेवारी सम्हालिरहेका पेशाकर्मीको योगदानलाई बेवास्ता गर्नु उचित नहुने संघको भनाइ छ।
ज्ञापनपत्रमार्फत संघले समान तहमा कार्यरत अन्य स्वास्थ्यकर्मीको जस्तै फर्मासिस्ट तथा फार्मेसी सहायकको पनि न्यूनतम तलब र सेवा सुविधा सुनिश्चित गर्न परिपत्र जारी गर्न माग गरेको छ। अस्पतालमा कार्यरत फर्मासिस्ट र सहायक फर्मासिस्टको आर्थिक सुरक्षाका लागि तत्काल कदम चाल्नुपर्ने संघको जोड छ।

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
