नेपाल हेल्थ न्युज, काठमाडौं । महाराजगञ्ज नर्सिङ क्याम्पसको क्याम्पस प्रमुख पदमा सह–प्राध्यापक देवकाकुमारी आचार्य नियुक्त हुनुभएको छ।
त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्को हालै सम्पन्न बैठकले उहाँलाई चार वर्षे कार्यकालका लागि क्याम्पस प्रमुखको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो।
यसअघि क्याम्पस प्रमुखको जिम्मेवारी निर्वाह गर्दै आउनुभएकी प्राध्यापक मुना रानाको कार्यकाल समाप्त भएपछि त्रिभुवन विश्वविद्यालय अन्तर्गतको चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले खुला प्रतिस्पर्धामार्फत नयाँ क्याम्पस प्रमुख चयन प्रक्रिया अगाडि बढाएको थियो। उक्त प्रक्रियामा तीन जना उम्मेदवार सहभागी भएका थिए।
नवनियुक्त क्याम्पस प्रमुख आचार्य नर्सिङ शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएको छ। उहाँ हाल नेपाल नर्सिङ संघको महासचिवको जिम्मेवारी समेत सम्हालिरहनुभएको छ।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
