नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटालाई स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को ‘१५९ औं सेसन अफ द एक्ज्युकिटिभ बोर्ड’मा सहभागी हुन स्वीकृति प्रदान गरेको छ।
उक्त बैठक २०८२ माघ १९ देखि २४ गतेसम्म सञ्चालन हुने कार्यक्रम रहेको छ। बैठकमा विश्व स्वास्थ्यसम्बन्धी नीतिगत विषय, भावी कार्यदिशा तथा सदस्य राष्ट्रहरूको साझा प्रतिबद्धताका विषयमा छलफल हुने जनाइएको छ।
डा. देवकोटाको सहभागिताले अन्तर्राष्ट्रिय स्वास्थ्य सहकार्यमा नेपालको उपस्थिति सुदृढ हुने तथा राष्ट्रिय स्वास्थ्य प्रणालीलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३९ रक्तसञ्चार केन्द्रलाई रगतको मौज्दात विवरण अनिवार्य अद्यावधिक गर्न निर्देशन
बिहीबार, असोज १, २०८३
कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
बिहीबार, असोज १, २०८३
कर्णाली प्रदेश अस्पतालका छात्रवृत्ति तथा करार चिकित्सकले गरे ‘पेन डाउन’
बिहीबार, असोज १, २०८३

