नेपाल हेल्थ न्युज, काठमाडौं । काठमाडौंमा विभिन्न स्वास्थ्य पेशागत संगठनका प्रतिनिधिहरू आफ्ना माग सुनुवाई नहुँदा अनिश्चितकालीन आमरण अनशनमा उत्रिएका छन्। नेपाल सिएमए संघका केन्द्रीय उपाध्यक्ष गोपाल उपाध्यायको नेतृत्वमा पाँच स्वास्थ्य संगठनको संयुक्त पहल अन्तर्गत आज सिफल चौरमा अनशन सुरु भएको हो।
अनशनमा नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन, नेपाल जनस्वास्थ्य संघ, मेडिकल ल्याबोटरी एसोसिएसन, नेपाल सिएमए संघ र हेल्थ असिस्टेन्ट संघका प्रतिनिधिहरू सहभागी छन्।
उनीहरूले नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन २०५३ लागू भए पनि परिषद्का कानुनी, संरचनागत र प्रतिनिधित्वसम्बन्धी समस्या अझै समाधान नभएको गुनासो गरेका छन्।
ऐनको दफा ४(२) अनुसार परिषद् पूर्ण रूपमा गठन नभएको, पदाधिकारी समयमै नियुक्त नभएको र पेशागत समूहहरूको समावेशी प्रतिनिधित्व सुनिश्चित नभएको उनीहरूको आरोप छ।
परिषद्का नियमित कामहरू जस्तै दर्ता, नवीकरण, निरन्तर पेशागत विकास, अनुशासनात्मक कारबाही र नियमन पनि आवश्यक सदस्य संख्या नपुगेको कारण प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको उनीहरूले बताएका छन्। उनीहरूले पटक–पटक ठूलो स्वास्थ्यकर्मी समूहको प्रतिनिधित्व सुनिश्चित गर्न सरकारसँग माग गरे पनि गम्भीर ध्यान नदेखिएको उनीहरुको आरोप छ।
सीटी स्क्यान मेसिन खरिद घोटाला: तत्कालीन उपकुलपतिसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, माघ १५, २०८२
गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध
बिहीबार, माघ १५, २०८२
मन्त्री शर्माद्वारा जि.पी. कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रको अनुगमन
बिहीबार, माघ १५, २०८२
माधव नेपाल अस्पताल भर्ना
बिहीबार, माघ १५, २०८२
