नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले आगामी निर्वाचन, परीक्षा सञ्चालन र अनुशासन व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने उद्देश्यले नयाँ निर्णयहरू सार्वजनिक गरेको छ।
काउन्सिलले आगामी निर्वाचनमा चिकित्सकहरूको सहभागीता बढाउन अनलाइन मतदान प्रणाली लागू गर्ने निर्णय गरेको छ। यसले निर्वाचन प्रक्रियालाई पारदर्शी, सहज र प्रविधिमैत्री बनाउने लक्ष्य राखिएको काउन्सिलका रजिष्ट्रार डा. सतिस देव ले जानकारी दिनुभयो।
गत पुसमा सम्पन्न निर्वाचनमा अधिकांश विजयी उम्मेदवारको घोषणापत्रमा मतदान प्रणाली डिजिटलाइज गर्ने र अनलाइन मतदानको व्यवस्था गर्ने योजना रहेको थियो। यसै निर्णयलाई नयाँ कार्यकारिणी बैठकले कार्यान्वयन गर्ने निर्णय गरेको हो। बैठकमा नव निर्वाचित उपाध्यक्ष डा. कुञ्जाङ शेर्पा र अन्य आठ सदस्य उपस्थित थिए।
त्यसैगरी, काउन्सिलले लाइसेन्स तथा स्नातकोत्तर परीक्षालाई निष्पक्ष, एकरूप र समयमै सञ्चालन गर्ने योजना पनि तय गरेको छ। यस अन्तर्गत कम्प्युटर-आधारित परीक्षा प्रणालीमार्फत प्रश्नपत्र सेट तयार गरिने र नेपालका सातै प्रदेशमा एकैसाथ परीक्षा सञ्चालन हुने व्यवस्था मिलाइनेछ। यसअघि परीक्षार्थीहरूलाई काठमाडौं पुग्नुपर्ने बाध्यता थियो।
काउन्सिलका अनुसार यस प्रणालीबाट परीक्षार्थीलाई यात्रा र समयको बचत हुने मात्र नभई परीक्षा प्रक्रियाको पारदर्शिता र गुणस्तर पनि बढ्नेछ।
अनुशासनसम्बन्धी मुद्दाहरूलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न काउन्सिलले मेडिको लिगल विभाग गठन गर्ने निर्णय पनि गरेको छ। उक्त विभागमा आवश्यक कानुनी, प्रशासनिक र प्राविधिक जनशक्ति नियुक्त गरिनेछ भने आवश्यक पूर्वाधार र लजिस्टिक सुनिश्चित गरिनेछ।
काउन्सिलको विश्वास छ कि यस निर्णयले अनुशासनसम्बन्धी मुद्दाहरूको अनुसन्धान, निष्पक्ष मूल्यांकन र व्यवस्थापनलाई अझ व्यवस्थित, सुदृढ र विश्वसनीय बनाउनेछ।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
