नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल फार्मेसी संघको मधेश प्रदेश अन्तर्गत रहेको सिरहा शाखाको नयाँ नेतृत्व चयन गरिएको छ। हिजो सम्पन्न शाखा भेलाबाट आर्यन साहको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको हो।
भेलाले उपाध्यक्षमा तजेन्द्र कुमार साहलाई चयन गरेको छ भने महासचिवको जिम्मेवारी टंक प्रसाद यादवलाई दिइएको छ। यस्तै, सचिव पदमा मो. अब्दुल्लाह नसर र कोषाध्यक्षमा सञ्जय कुमार सिंह चयन हुनुभएको छ।
कार्यसमितिका सदस्यहरूमा सुरेन्द्र कुमार महसेठ, महेश कुमार यादव, मो. अजमत खान, जितेन्द्र कुमार सिंह र अमेश कुमार यादव रहनुभएको छ।
नव निर्वाचित कार्यसमितिले सिरहा जिल्लामा फार्मेसी व्यवसायको मर्यादा जोगाउने, सेवाको स्तर उकास्ने तथा फार्मेसी पेशाकर्मीहरूको हकहितका पक्षमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको संघले जनाएको छ।
प्रकाशित मिति: आइतबार, माघ ४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
