नेपाल हेल्थ न्युज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जले विभिन्न विभागका लागि करार सेवामा क्लिनिकल रजिष्ट्रार पदमा पदपूर्तिका लागि लिइने लिखित परीक्षा सम्बन्धी सूचना सार्वजनिक गरेको छ ।
अस्पतालले मिति २०८२ साल पौष १७ गते गोरखापत्रमा प्रकाशित सूचनाअनुसार आवेदन दिएका उम्मेदवारहरूमध्ये लिखित परीक्षाका लागि छनोट भएका उम्मेदवारहरूको परीक्षा मिति, समय र स्थान तोकेको हो ।
सूचनाअनुसार लिखित परीक्षा मिति २०८२ साल माघ १३ गते मंगलबार विहान १०ः०० बजेदेखि ११ः३० बजेसम्म सञ्चालन हुनेछ । परीक्षा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमै हुने जनाइएको छ ।
यसैगरी, लिखित परीक्षामा सहभागी हुने उम्मेदवारहरूले मिति २०८२ साल माघ ११ गतेदेखि कर्मचारी प्रशासन शाखामा स्वयं उपस्थित भई आफ्नो प्रवेशपत्र बुझिलिनुपर्ने अस्पतालले जानकारी दिएको छ ।
अस्पतालका कर्मचारी प्रशासन शाखा प्रमुख सुनिता ढुंगेलद्वारा जारी सूचनामा सम्बन्धित सबै उम्मेदवारलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित हुन अनुरोध गरिएको छ ।
बाँकेमा हात्तीपाइले विरुद्धको १० दिने औषधि सेवन अभियान सुरु
शुक्रबार, माघ ९, २०८२
स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल
शुक्रबार, माघ ९, २०८२
सानोठिमी बाल सुधार गृहमा झडप, १३ घाइते
शुक्रबार, माघ ९, २०८२

