नेपाल हेल्थ न्युज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जले विभिन्न विभागका लागि करार सेवामा क्लिनिकल रजिष्ट्रार पदमा पदपूर्तिका लागि लिइने लिखित परीक्षा सम्बन्धी सूचना सार्वजनिक गरेको छ ।
अस्पतालले मिति २०८२ साल पौष १७ गते गोरखापत्रमा प्रकाशित सूचनाअनुसार आवेदन दिएका उम्मेदवारहरूमध्ये लिखित परीक्षाका लागि छनोट भएका उम्मेदवारहरूको परीक्षा मिति, समय र स्थान तोकेको हो ।
सूचनाअनुसार लिखित परीक्षा मिति २०८२ साल माघ १३ गते मंगलबार विहान १०ः०० बजेदेखि ११ः३० बजेसम्म सञ्चालन हुनेछ । परीक्षा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमै हुने जनाइएको छ ।
यसैगरी, लिखित परीक्षामा सहभागी हुने उम्मेदवारहरूले मिति २०८२ साल माघ ११ गतेदेखि कर्मचारी प्रशासन शाखामा स्वयं उपस्थित भई आफ्नो प्रवेशपत्र बुझिलिनुपर्ने अस्पतालले जानकारी दिएको छ ।
अस्पतालका कर्मचारी प्रशासन शाखा प्रमुख सुनिता ढुंगेलद्वारा जारी सूचनामा सम्बन्धित सबै उम्मेदवारलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित हुन अनुरोध गरिएको छ ।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
