नेपाल हेल्थ न्युज, विराटनगर । झापाको दमकमा रहेको लाइफ लाइन अस्पतालमा कार्यरत एक चिकित्सकमाथि दुर्व्यवहार तथा कुटपिट भएको घटनाप्रति नेपाल चिकित्सक संघले कडा असन्तोष व्यक्त गरेको छ।
संघका अनुसार २०८२ माघ ४ गते आइतबार अस्पतालको आकस्मिक सेवामा खटिएका बेला केही व्यक्तिहरूको समूह अस्पतालभित्र प्रवेश गरी चिकित्सकमाथि हातपात र अभद्र व्यवहार गरेको हो। उक्त घटनामा संघका आजीवन सदस्यसमेत रहेका डा. आदित्य आनन्द यादव प्रभावित भएका छन्।
यस घटनालाई गम्भीर रूपमा लिँदै संघले अस्पतालजस्तो संवेदनशील स्थानमा सेवामा खटिएका चिकित्सकमाथि भएको आक्रमण निन्दनीय र आपराधिक कार्य भएको जनाएको छ।
संघको भनाइमा यस्ता गतिविधिले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको सुरक्षामा खतरा सिर्जना गर्नुका साथै सर्वसाधारणलाई प्रदान गरिने स्वास्थ्य सेवामा समेत नकारात्मक असर पार्दछ।
महासचिव डा. सञ्जिब तिवारीद्वारा जारी विज्ञप्तिमा घटनामा संलग्न दोषीहरूलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन माग गरिएको छ। साथै ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९)’ अनुसार कडा सजाय सुनिश्चित गर्दै चिकित्सकहरूले सुरक्षित र भयरहित वातावरणमा सेवा दिन पाउने व्यवस्था मिलाउन सम्बन्धित निकायसँग आग्रह गरिएको छ।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
