नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य बीमा बोर्डमा निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा. कृष्ण पौडेललाई दिइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बोर्डको नेतृत्व खाली रहेपछि डा. पौडेललाई उक्त जिम्मेवारी दिएको हो।
केही दिनअघि कार्यकारी निर्देशक रहेका डा. रघुराज काफ्लेले ४ माघमा पदबाट राजीनामा दिएपछि बीमा बोर्ड नेतृत्वविहीन बनेको थियो।
सो अवस्थालाई मध्यनजर गर्दै बोर्डका नियमित कार्य प्रभावित नहोस् भन्नका लागि मन्त्रालयले डा. पौडेललाई आर्थिक तथा प्रशासनिक अधिकारसहित निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी प्रदान गरेको जनाएको छ।
डा. पौडेल हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखको रूपमा कार्यरत हुनुहुन्छ।
प्रकाशित मिति: बुधबार, माघ ७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इम्युनोसप्रेसेन्ट औषधिको बिक्री र प्रयोगमा रोक छैन: औषधि व्यवस्था विभाग
बिहीबार, असोज २९, २०८३
विभिन्न कार्यक्रम गरी विश्व हात धुने दिवस मनाइँदै
बिहीबार, असोज २९, २०८३
माग पूरा नभए सत्याग्रह पुनः सुरु गर्ने डा. केसीको चेतावनी
बिहीबार, असोज २९, २०८३
दसैँ बिदामा पनि अस्पतालको सेवा निरन्तर
बिहीबार, असोज २९, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
बुधबार, असोज २८, २०८३ट्रेन्डिङ
२
५
