नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य बीमा बोर्डमा निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा. कृष्ण पौडेललाई दिइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बोर्डको नेतृत्व खाली रहेपछि डा. पौडेललाई उक्त जिम्मेवारी दिएको हो।
केही दिनअघि कार्यकारी निर्देशक रहेका डा. रघुराज काफ्लेले ४ माघमा पदबाट राजीनामा दिएपछि बीमा बोर्ड नेतृत्वविहीन बनेको थियो।
सो अवस्थालाई मध्यनजर गर्दै बोर्डका नियमित कार्य प्रभावित नहोस् भन्नका लागि मन्त्रालयले डा. पौडेललाई आर्थिक तथा प्रशासनिक अधिकारसहित निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी प्रदान गरेको जनाएको छ।
डा. पौडेल हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखको रूपमा कार्यरत हुनुहुन्छ।
प्रकाशित मिति: बुधबार, माघ ७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
