नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जलवायु परिवर्तनका कारण स्वास्थ्य क्षेत्रमा देखा पर्ने चुनौतीहरू समाधान गर्न नयाँ युनिट स्थापना गर्ने तयारी गरेको छ।
मन्त्रालयका अनुसार, चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभावसँग जुध्न विशेष ‘क्लाइमेट हेल्थ रेजिलियन्ट युनिट’ गठन गर्ने योजना राखिएको छ।
यस युनिटको काम बहुक्षेत्रीय रूपमा सञ्चालन हुनेछ र स्वास्थ्य समन्वय महाशाखाको मातहत काम गर्नेछ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले उक्त युनिटको कार्यविवरण तयार भइरहेको बताउनुभयो।
नयाँ युनिटले स्वास्थ्य प्रणालीमा जलवायु परिवर्तनका असरहरू कम गर्न रणनीति र योजना तयार पार्ने प्रमुख भूमिका खेल्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: बिहीबार, माघ ८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
